News desk

मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

काठमाडाैं । मलेसियाको पेनाङ राज्यस्थित कुलिममा भएको दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको ज्यान गएको हो । उहाँको शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा थिए ।

पुरा पढ्नुहॊस »

पाँच महिनापछि अमेरिकाबाट घर फर्किन् सोनाली

काठमाडाैं । क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री सोेनाली बेन्द्रे पाँच महिनापछि न्यूयोर्कबाट मुम्बई फर्केकी छन् । सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन् । उनको साथमा पति गोल्डी बहल पनि थिए । सोनालीको क्यान्सरको उपचारका क्रममा थुप्रैपटक किमोथेरापी मार्फत उपचार गरिएको थियो । जसक्रममा उनको कपाल पनि काट्नुपरेको थियो । सोमबार मुम्बई एयरपोर्टमा कालो ज्याकेट र ट्राउजरमा देखिएकी सोनालीको ‘लुक’ पहिले भन्दा केही परिवर्तन भएको छ । तर उनको मुहारमा भने …

पुरा पढ्नुहॊस »

सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार

काठमाडाैं । सुन आज प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि ७ सय ५ रुपैयाँमानै कारोबार भैरहेको छ ।

पुरा पढ्नुहॊस »

अमेरिकी डलरको सटहीदर १११ रुपैयाँ, अरु विदेशी मुद्राको कति?

काठमाडाैं । एक अमेरिकी डलर बराबर ११८ रुपैयाँ नाघेको अमेरिकी डलरको मूल्य एक महिनामै १११ रुपैयाँमा झरेको छ । कात्तिक १५ गते डलरको बिक्रीदर मूल्य ११८ रुपैयाँ ६३ पैसा तथा खरिददर मूल्य ११८ रुपैयाँ ३ पैसामा कारोबार भएको थियो । एक महिनापछि आज १११ रुपैयाँ ६५ पैसामा झरेको छ । आयातित बस्तुमा निर्भर रहेको देश भएकाले डलरको मूल्य घट्दा व्यापार घाटामा नेपाललाई राहत पुग्दछ । यस आर्थिक वर्षको पहिलो चार महिनामा …

पुरा पढ्नुहॊस »

स्मृतिले ल्याईन ‘पान बुट्टे चोली…’ (भिडियोसहित)

काठमाडाैं । गायिका स्मृति गौतम पछिल्लो समयकी सम्भावना बाकेकी गायिका हुन । केही समय पहिले बजारमा आएको ‘सालको पात टपरि दुना’ बोलको गीत निक्कै रुचाईएको गीत हो । उक्त गीतको अपार सफलतापछि स्मृतिले ‘पानबुट्टे चोली’ बोलको गीत बजारमा ल्याएकी छन् । राजेश ढकालले स्मृतिलाई स्वरमा साथ दिएका छन् । ढकालकैै शब्द संगीत रहेको गीतमा लोकप्रिय नृत्याङगना रीना थापा मगर, सञ्जीव, अशोक र एलिशा लगायत कलाकारहरुले अभिनय रहेका छन् । निश्चल केसीको …

पुरा पढ्नुहॊस »

अछामकाे मेल्लेख गाउँपालिका छाउगोठ मुक्त घोषणा

अछाम । मेल्लेख गाउँपालिका-१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल-२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिए । जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहमा शान्ति प्रक्रियापछि पुनः छाउगोठ अस्तित्व शुरु भएका थिए । पछिल्लो दुई वर्षयता स्थानीय महिला सञ्जाल, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी मान्ने प्रचालन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ …

पुरा पढ्नुहॊस »

एकान्तकुनामा स्कुटर दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु

काठमाडाैं । ललितपुरको एकान्तकुनामा भएको दुर्घटनामा एक ट्राफिक प्रहरीको ज्यान गएको छ । एकान्तकुमा आइतबार राति भएको दुर्घटनामा ट्राफिक प्रहरीका जवान सुमनप्रसाद कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान कँडेलले चलाएको बा ९४ प ६११७ नम्बरको स्कुटर राति ९ बजे दुर्घटनामा परेको हो । सडकमा लडेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारले अल्का अस्पताल लगेको थियो । कँडेलको उपचारको …

पुरा पढ्नुहॊस »

काठमाडौंको जोरपाटीबाट पाँच लाखसहित पक्राउ परे १३ जुवाडे

काठमाडाैं । काठमाडौंको एक गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको छ । जोरपाटीको नयाँबस्तीमा राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेस्ट हाउसबाट मध्यराति प्रहरीले ५ लाख ३१ हजार रुपैयाँसहित १३ जुवाडेलाई नियन्त्रणमा लिएको हो । बौद्धस्थित महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले १६ थान कौडासहित उनीहरूलाई समातेको हो । ठूलो समूहमा ठूलो रकमको साथ जुवा खेलिरहेको भन्ने गोप्य …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै कांग्रेसले भन्यो-‘चौतारीमा राजा भेटिए’

काठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसले ‘चौतारीमा राजा भेटिए’ को शैलीमा प्रधानमन्त्री केपी ओलीको भड्किलो व्यक्ति केन्द्रीत प्रचार गरिएको भन्दै भत्सर्ना गरेको छ। मुख्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गर्दै काग्रेसले ओलीको आलोचना गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘यो कस्तो नयाँ युग जहाँ प्रधानमन्त्रीको तस्बिर टोलटोलमा, बिजुलीका पोलपोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर पोस्टर टाँस्दा च्यातिनुपर्ने र नागरिक गिरफ्तार हुनुपर्ने?’ कांग्रसले भनेको छ।

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको नयाँ शाखा नवलपरासीको कावासोतीमा

काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  कावासोती नगरपालिका ८ कावासोती नवलपुरमा रहेको नयाँ शाखाको वडा अध्यक्ष आनन्द गुरङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ …

पुरा पढ्नुहॊस »