एनसेलको स्पष्टोक्ती- इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन

काठमाडौँ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद नगरेको स्पष्ट पारेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै एनसेलले उक्त स्पष्टोक्ती दिएको हो ।

एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको बताएको छ । एनसेलले यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत प्रतिबद्ध जाहेर गरेको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु एनसेलको लक्ष्य रहेको उल्लेख गरिएको छ ।

एनसेलले एक जिम्मेवार सेवा प्रदायकको रूपमा सधैँ पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ । एनसेलले विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरू प्रदान गर्ने बताएको छ ।

एनसेल कम्पनीले निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसंग सम्बन्धी हुने भएको भन्दै एनसेलसंग सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नु अघि आधिकारिक धारणा बुझिदिन सञ्चार माध्यमहरूलाई अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई मोटर्स र रिलायन्स फाइनान्स बीच ७० % सम्मको सवारी साधन फाइनान्सिंगका लागि सम्झौता

काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बीच ७० % सम्मको सवारी साधन फाइनान्सिंगका लागि रणनीतिक …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds