News desk

लेस्टर सिटीलाई पन्छाउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

काठमाडौं । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा हरायो । चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले एक गोल फर्काउँदै खेल बराबरी गरे । अतिरिक्त समयमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान सिटी …

पुरा पढ्नुहॊस »

लोभी सांसदः स्वकीय सचिवको तलबसमेत आफैँ खान्छन्

काठमाडाैँ । संघीय संसद्का पदाधिकारी र सांसद्ले आफ्ना स्वकीय सचिव र सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ। ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा वढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना छन्। संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्। सचिबालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र …

पुरा पढ्नुहॊस »

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी, यसरी खुल्यो रहस्य

काठमाडाैँ । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरूले ६८ करोड रुपैयाँ राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् । प्रहरीका अनुसार उनीहरूले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर, एक रुपैयाँ पनि …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कैलाश विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण गोपाल मानन्धर तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे । जीवन बीमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई बीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमाझ बैंकिङ्ग साक्षरता …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको १४.२० प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । गण्डकी विकास बैंकको १४.२० प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको आ.व. २०७४/०७५ सम्मको संचित मुनाफाबाट चुक्ता पूजीको १४.२० प्रतिशत प्रस्तावित नगद लाभांश स्वीकृत भएको हो । उक्त नगद लाभांश बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि बितरण हुनेछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै शेयरधनिहरुलाई उच्च प्रतिफल प्रदान गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र ज्योती लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरे । अब ज्योती लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । सरकारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई- दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन …

पुरा पढ्नुहॊस »

मोनोरेलको डीपीआर सम्झौता आज हुँदै

काठमाडौँ । काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिए । उनले भने, “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५) का पदाधिकारीहरू नेपाल आइसक्नुभएको छ । उहाँहरूसँग बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।” सम्झौता भएको छ …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ । बैंकको बार्हौं वार्षिक साधारण सभाले आ.व. ०७४÷०७५ को मुनाफाबाट सेयरधनीहरुलाई (०.९६ प्रतिशत वोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशत लाभांस वितरण गर्ने र उक्त वोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी को २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको हो । बैंकका प्रमुख …

पुरा पढ्नुहॊस »

चितवन : ५ महिनामा १ सय ३५ सवारी दुर्घटना, ७४ जनाको मृत्यु

चितवन । सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १ सय ३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३ सय १७ जना घाइते भएका छन्। कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्याक्टर दुर्घटनामा ४, जिप दुर्घटनामा ३, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट ५ साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु …

पुरा पढ्नुहॊस »