News desk

ब्रेक फेल भएपछि जिप दुर्घटना, दुईजनाको मृत्यु

दुल्लु । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका-३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उनका अनुसार बुधबार बिहान ८ बजे धामीगाउँ नजिक उक्त जिपको …

पुरा पढ्नुहॊस »

युभेन्ट्ससँगको हारसँगै भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडाैं । युभेन्ट्सले च्याम्पियन्स लिगअन्तर्गत समूह एचको पाँचौ खेलमा भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। योसँगै भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरिएको छ। इटालियन च्याम्पियन युभेन्ट्सको जितमा क्रोएसियन फरवार्ड मारियो मान्जुकीचको निर्णायक गोल गरे। खेलको ५९ औं मिनेटमा रोनाल्डोक पासमा मान्जुकीले गोल गर्दै युभेन्टसको जित पक्का गरे। भ्यालेन्सियाले रक्षात्मक खेल प्रस्तुत गर्दा युभेन्ट्सका स्टारहरू मान्जुकीच, रोनाल्डो र पाउलो डिबालाले गोल गर्ने मौकै पाएनन्। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको युभेन्ट्स झिनो अन्तरमा विजयी …

पुरा पढ्नुहॊस »

रूसमाथि युरोपियन यूनियनले थप प्रतिबन्ध लगाउने

काठमाडाैं । पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरिरहेकी करिन नेइसलले सञ्चारकर्मीलाई बताएकी छिन् । ‘सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ, उनले भनिन् ।अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीलाई  सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने …

पुरा पढ्नुहॊस »

प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई रेखाको साथ

काठमाडाैं । प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले जोडिने बताएकी छन्। उनले प्रदेश सरकारको सो अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको सो अभियानलाई सघाउने भएकी छिन् । ‘यो अभियानलाई पैसा दिएर होइन, तराई–मधेससहित देशभरिकै जिल्लाहरुमा आफ्नो अधिकारबाट वञ्चित भएका, महिला हिंसाको सिकार भएकाहरुको अधिकारको लागि जागरण ल्याउन प्रयास गर्नेछु’, …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोशीको शेयर सबैलाई

काठमाडाैं ।  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले …

पुरा पढ्नुहॊस »

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा गएराति टिप्परको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नम्बरको टिप्पपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका राजबंशीलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु …

पुरा पढ्नुहॊस »

के हो सामाजिक सुरक्षा कार्यक्रम? कसरी दिइन्छ श्रमिकलाई पेन्सन?

काठमाडाैं । हरेक रोजगारदाता कम्पनी, श्रमिक र सरकार मिलेर कोष बनाउने र पेन्सन दिने अनिवार्य योजना सरकारले कार्यान्वयनमा ल्याएको छ। ०७४ साउनमा संसदबाट सामाजिक सुरक्षासम्बन्धी ऐन पारित भएको थियो। त्यही ऐन अनुसार सरकारले अहिले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्। कसरी दिइन्छ पेन्सन? १.हरेक रोजगारदाता कम्पनीले आफ्ना हरेक श्रमिकको आधारभूत पारिश्रमिकबाट १० प्रतिशत सञ्चयकोष कट्टा गरी सोहीबराबर रकम थपेर अब सामाजिक सुरक्षा …

पुरा पढ्नुहॊस »

एकल महिलाले सामुहिक रुपमा लगाए रातो पहिरन

काठमाडाैं । श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने हिन्दु धार्मिक मान्यता हामो समाजमा छ। तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा लगाएका छन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ। श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला गोमा तामाङले बताईन्। ‘समाजको नकारात्मक सोच हटाउन एकल महिला एक …

पुरा पढ्नुहॊस »

कब्जियतबाट कसरी बच्ने ?

काठमाडाैं । विभिन्न सञ्चारमाध्यममा कब्जियत हटाउन अनेकखाले चुर्ण प्रयोग गर्न सल्लाह दिइएको हुन्छ। त्यस्ता चिजले एकपटक त आराम दिन्छ, तर पटक–पटक यसको प्रयोग गर्दा आन्द्रा कमजोर हुन थाल्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। दिसा गर्नकै लागि पनि औषधिको प्रयोग गर्नु हुँदैन। त्यस्ता औषधिको प्रयोगले तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ। औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ। यसले कब्जियतको समस्या झन् बढाउँछ। कब्जियतबाट बच्न सन्तुलित भोजनमा विशेष ध्यान …

पुरा पढ्नुहॊस »

फास्ट ट्रयाककाे सडकमा प्राग ऐतिहासिक बस्ती भेटियाे

काठमाडाैं । निर्माणाधिन काठमाडौं तराई-मधेश दु्रतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरी चर्चामा छ। स्थानीयहरुले फास्ट ट्रयाकको लागि रेखाङकन गरिएको स्थानमा पुरातात्विक सम्पदाहरु रहेको र त्यसलाई उत्खनन् गर्न पुरातात्व विभागलाई बारबार ताकेता गरेपनि वेवास्ता गरिएको स्थानीयले जनाइका छन्। ललितपुरको कुदेशमा रहेको गुरुपौचैत्यको ३५ मिटर दक्षिणतिर खन्दा प्राचिन इनार भेटिएको छ । सानो आकारको इनार मल्लकालभन्दा अगाडिको भएको दाबी पुरातत्वविद् छत्रबहादुर कायस्थको दाबी छ। यो खबर आजको समाचारपत्र दैनिकमा सुरेश …

पुरा पढ्नुहॊस »