स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि आधिकारिक विक्रेता केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेसले ‘स्काइवर्थ सपना साकार’ दसैँ तिहारको बहार बम्परमा कार उपहार अफर सार्वजनिक गरेको हो ।

यो अफरअन्तर्गत ग्राहकले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्नसक्ने कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीका विभिन्न होम अप्लायन्समा ४० प्रतिशतसम्म छुट, हरेक हप्ता लक्की ड्रका विजेताले माइक्रोवेभ जित्ने र अन्य थुप्रै पुरस्कार उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा स्काइवर्थका टेलिभिजन, फ्रिज, वासिङमेसिन, एयर कन्डिसनरजस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेस उपलब्ध छन् । यो अफर असोज १ गतेदेखि कात्तिक ३० सम्म लागु हुने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँमा सि.जी का साना घरायसी सामाग्रीहरूमा १० सुनको सिक्का जित्ने अफर

काठमाडौँ । नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दसैँ, तिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds