काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ । सोमबार सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकसँगको भेटमा इप्पानले राष्ट्रिय निकुञ्ज र विभिन्न संरक्षण क्षेत्रभित्र पनि जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउनका लागि आग्रह गरेको हो । पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको एउटा फैसलाका कारण विभिन्न संरक्षण क्षेत्रका नाममा …
पुरा पढ्नुहॊस »माथिल्लो जुनबेसी खोलामा जुट्यो लगानी, २१ महिनाभित्र बत्ती बाल्ने लक्ष्य
काठमाडौं । ५.८७५ मेगावाटको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, जुनबेसीमा निर्माण गरिने आयोजनामा दुई वटा बैंकले ऋण लगानी गर्नेगरी मंगलबार वित्तीय व्यवस्थापन पूरा गरिएको हो ।
पुरा पढ्नुहॊस »काठमाडौंका यी क्षेत्रमा जानेछ आज पाँच घण्टा बत्ती
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बालकुमारी, इमाडोल र लुभु वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन । प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ । विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।
पुरा पढ्नुहॊस »राजधानीका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध (सूचना)
काठमाडौँ । राजधानी काठमाडौंका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले राजधानीका एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो । प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
पुरा पढ्नुहॊस »इप्पान र आईरिक्सबीच कार्बन व्यापारबाट वार्षिक १अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट बिजुलीको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन कुमार कंडासामीले काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्र आदानप्रदान गरेका छन् । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको २७ सय मेगावाट बिजुलीमध्ये पहिलो चरणमा २ हजार मेगावाट बिजुली कार्बन ट्रेडका लागि योग्य हुनेछ ।
पुरा पढ्नुहॊस »ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
काठमाडौं । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ ‘नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई …
पुरा पढ्नुहॊस »सर्वोच्चको फैसलाले २० हजार मेगावाट विद्युत उत्पादन बन्द हुनसक्छ : इप्पान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सर्वोच्च अदालतको हालैको फैसलाले जलविद्युत् क्षेत्रमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिएको छ । आइतवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले करिब २० हजार मेगावाट क्षमताका जलविद्युत् परियोजना बन्द हुने सम्भावना रहेको बताएको छ ।
पुरा पढ्नुहॊस »यी स्थानमा जानेछ आज ५ घण्टा बिजुली
काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज (बिहीबार) पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कोटेश्वर फिडर (बानेश्वर) अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत् …
पुरा पढ्नुहॊस »काठमाडौंका यी स्थानमा आज दिनभर बिजुली नआउने
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध लागिएको जानकारी गराएको हो ।
पुरा पढ्नुहॊस »२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य प्राप्तिका लागि तत्काल पीपीए खुला गर्नुपर्छ : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादनको लक्ष्य हासिल गर्न सरकारलाई तत्काल विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेका छन् । इप्पानको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादनको महत्वाकांक्षी लक्ष्य पूरा गर्नका लागि विद्युत विधेयकमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।
पुरा पढ्नुहॊस »