नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको छ ।

मधेस प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्ताहरूलाई उनीहरूको लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

स्किममा व्यवस्था भए अनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेस प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएको र मधेस प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको बताउँदै यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा जानकारी गराए । यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds