रेमिट्यान्स

वेस्टर्न युनियन मनी ट्रान्सफरको दसैं योजनाको विजेता सार्वजनिक

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दसैं लक्षित ‘दसैंमा १० गुणा’ अभियानको विजेताको नाम सार्वजनिक गरेका छन्। उक्त अभियान विजेता होमा देवि पाण्डे भएकी छिन्। वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटिटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरूकाबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो। उनले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी हुन्। नेपालमा २७ …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोसद्वारा सम्मान

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान सहरी विकास मन्त्री सीता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो । गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई रु ५ लाख रकम सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरूलाई सेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग …

पुरा पढ्नुहॊस »

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

काठमाडौं । लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ। नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई आधिकारिक रुपमा बिक्री गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेतामा नियुक्त गरेको हो। आधिकारिक बिक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ। आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सिईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्च प्रविधीयुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसँग सहकार्य गरिएको हो। ‘मोटुलजस्तो विश्व प्रख्यात …

पुरा पढ्नुहॊस »

नमस्ते पे आईबीएसआईद्वारा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोमेन्ट’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा प्रवर्द्धित डिजिटल वालेट सेवा नमस्ते पे लाई ‘आईबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३’ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ को अवार्डले सम्मानित गरिएको छ। नमस्ते पे लाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विद्युतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास …

पुरा पढ्नुहॊस »

सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीमा आइएमई सम्मानित

काठमाडाैं ।समग्र रेमिटेन्स  कम्पनीहरूमध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकालले उक्त सम्मान ग्रहण गरे। आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्स तर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन …

पुरा पढ्नुहॊस »

ईसेवा मनि ट्रान्स्फर मार्फत् मनिग्रामको नगद रेमिट्यान्स सुचारु

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीच नगद रेमिट्यान्स सुरु भएको छ। यी दुई कम्पनीबीच यसअघि बैंक र ईसेवा वालेटमा मात्रै साझेदारी थियो। अब भने नगद रेमिट्यान्स भुक्तानीमा पनि साझेदारी सुरु भएको बुधबार एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्। साथै, नेपालमा ग्राहकहरूले मनीग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्स्फरका …

पुरा पढ्नुहॊस »

नेपाल सुपर लिगको आधिकारिक टिकेटिङ पार्टनरमा ‘आइएमई पे’

काठमाडौँ । आइएमई पे र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टबिच एक समझदारी भएको छ । जसअनुसार यही नोभेम्बर २४ देखि हुने “नेपाल सुपर लिग २०२३” का लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ । नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए । यो साझेदारीले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

पुरा पढ्नुहॊस »

जिएमई रेमिटद्वारा भूकम्प पीडितलाई ५ लाख सहयोग

काठमाडौं । जि.एम.ई. रेमिटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहतवितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५ लाख रुपैंयाँ सहयोग गरेको छ । कम्पनीले मिति २०८० साल कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा भएको ठूलो जनधनको क्षति प्रति दु:ख व्यक्त गर्दै उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत मा थप …

पुरा पढ्नुहॊस »

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री प्रचण्डलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको उक्त सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। भूकम्पबाट प्रभावित भएकाहरूका लागि कम्पनीले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्देशक महेशकुमार श्रेष्ठले जानकारी दिए। गत शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा जनधनको क्षति गरेको छ।

पुरा पढ्नुहॊस »