काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकलाई १७ बुँदे सुझाव दिएको छ। राष्ट्र बैंकलाई मौद्रिक नीतिमा गर्नुपर्ने सुझावबारे सिबिफिनले ती सुझाव दिएको हो। ‘यतिबेला बैंकिङलगायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको अवस्था छ’ सिबिफिनले भनेको छ, ‘विभिन्न निकायहरुले सार्वजनिक गरेका आर्थिक एवं वित्तीय सूचकाङ्कहरुले मुलुकको बाह्य अवस्थामा क्रमशः सुधार हुँदै गरेको देखिएको भएतापनि आर्थिक गतिविधि, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आन्तरिक उत्पादन, रोजगारी, आयात–निर्यात, पूँजीगत …
पुरा पढ्नुहॊस »एनएमबि बैंकले गर्यो यी शाखामा र्याम्प स्थापना
काठमाडौं । एनएमबि बैंकले आधा दर्जन शाखा कार्यालयमा र्याम्प स्थापना गरेको छ । सबैका लागि सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन ६ वटा शाखा कार्यालयमा र्याम्प स्थापना गरिएको हो । बैंकका अनुसार महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र विरगन्ज शाखाहरूमा र्याम्प स्थापना गरिएको हो । बैंकले आगामी दिनमा सहजता र समावेशिताप्रति प्रतिबद्ध रहँदै पहुँचयोग्य शाखाहरु निर्माण गर्नेछ ।
पुरा पढ्नुहॊस »एनआइसी एसिया बैंकले ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने
काठमाडौं । एनआइसी एसिया बैंकले सबै प्रकारका कर्जामा ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने भएको छ । बैंकले देशको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा समस्या परेको निष्कर्षका साथ सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको हो । यो निर्णयभन्दा पहिले ऋणीले लिएको कर्जामा पनि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिसकेको बैंकले जनाएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औसत आधारदर १०.७ प्रतिशत रहेकामा …
पुरा पढ्नुहॊस »नबिल बैंकले डाक्यो साधारणसभा, कहिले छ बुक क्लोज ?
काठमाडाैं । नबिल बैंकले कम्पनीको ३९ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश यसअघि नै घोषणा गरिसकेको छ । बैंकको मङ्सिर १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित …
पुरा पढ्नुहॊस »ग्लोबल रेमिट बचत खाता : विदेशको कमाई, स्वदेशमा बचत
काठमाडौं । बैंकले ‘विदेशको कमाई, स्वदेशमा बचत’ नारासहित ग्लोबल रेमिट बचत खाता सञ्चालनमा ल्याएको छ । यसमा विश्वका जुनसुकै देशमा रहेका श्रमस्विकृत प्राप्त नेपाली नागरिकले खाता खोल्न सक्छन् । बिना झन्झट सजिलै खाता खोल्न सकिने भएकाले यो योजनाप्रति विदेशमा रहेका नेपालीहरुको आकर्षण बढेको बैंकको भनाई छ ।
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फूड’ मा २७% सम्म छुट
काठमाडौँ । ज्योति विकास बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ बाट माछा-मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७% सम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन्। सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेकी हुन् । ज्योति विकास बैंकका ग्राहकले सी …
पुरा पढ्नुहॊस »प्रभु बैंकलाई ‘बैंक अफ दि इयर-२०२३’ को उपाधि
काठमाडौँ । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ …
पुरा पढ्नुहॊस »एनएमबि बैंकले लाभांश नबाँड्ने
काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफा सञ्चित गर्ने भन्दै लाभांश वितरण नगर्ने भएको हो । नेपाल स्टक एक्सचेन्जलाई एनएमबीले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने जानकारी दिएको छ । बुधवार बसेको कम्पनीको ४५८औँ सञ्चालक समितिले यस्तो निर्णय गरेको जनाइएको छ । कम्पनीको सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र आगामी साधारण सभाबाट पारित हुनुपर्ने छ । …
पुरा पढ्नुहॊस »सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा
काठमाडौँ – सानिमा बैंक लिमिटेडले मिति २०८० मंसिर १३ गते स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ , बैंकका संचालक, रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले संयुक्त रुपमा गर्नुभयो । समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको …
पुरा पढ्नुहॊस »कालोसूचीमा राख्नुपूर्व धितो लिलामी र ९० दिनको समय अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणबापत राखेको धितो लिलाम गर्नुपर्ने निर्देशन जारी गरेको छ । धितोबाट असुली गर्न पर्याप्त नभएमा भुक्तानीका लागि जमानतदातालाई थप ९० दिनको मौका दिनुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा केही संशोधन गरी कार्यान्वयनका लागि बुधवार जारी गरेको हो । यस्तै, जोइन्ट भेन्चर कम्पनी (जेभी)को हकमा कुनै फर्म …
पुरा पढ्नुहॊस »