काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरु मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । सो सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्समार्फत यात्रुहरुले सूपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् । यसको साथै साझेदारहरुले आफ्नो ‘आइएमई-एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य र उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । …
पुरा पढ्नुहॊस »सीजीले ल्यायो नयाँ वर्षको अवसरमा २३% सम्मको क्यासब्याक र आकर्षक उपहार योजना
काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा “नयाँ वर्ष २०८० सीजीको उमंग नयाँपनको” नाम उपहार योजना आएको छ । जसअन्तर्गत सीजीको ग्राहकले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३% सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् । यस उपहार योजना अन्तर्गत सीजीका एन्ड्रोइड टि.भि., स्मार्ट टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक …
पुरा पढ्नुहॊस »एनआईसी एसिया लघुवित्तले गर्यो देशव्यापी वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गर्दै ग्लोबल मनी विक मनाएको छ। लघुवित्त प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको संस्था हो। नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाईने ग्लोबल मनी विकको एघारौँ संस्करणका रुपमा लघुवित्तले पनि चालू चैत महिनाको ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा ‘प्लान …
पुरा पढ्नुहॊस »नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित
काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो । संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ चयन भए भने कार्य समितिको निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएका छन् । संघको दुई उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा …
पुरा पढ्नुहॊस »सुनको मूल्य घट्दा चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० …
पुरा पढ्नुहॊस »नयाँ वर्षमा बससेवाले ल्यायो सुनको हार उपहार योजना
काठमाडौँ । नेपालमा अनलाइनमार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ। नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै यो योजना ल्याएको कम्पनीले जनाएको छ। चैत १५ गतेदेखि वैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ। साथै आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानि बसाल्न पनि यस किसिमको योजना …
पुरा पढ्नुहॊस »‘हाम्रो पे’ का प्रयोगकर्ता पहिलो महिनामै एक लाख बढी
काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ अन्तर्गतको डिजिटल वालेट ‘हाम्रो पे’ सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण उल्लेख्य देखिएको हो । ‘हाम्रो पे’ विशेषगरी मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टीभी लगायतको बिल तिर्न बढी प्रयोग हुन थालेको छ । यसबाहेक नेपाल पे क्यूआर राखिएका मर्चेन्ट, विभिन्न सुपर स्टोर …
पुरा पढ्नुहॊस »स्किलको निःशुल्क प्राविधिक परामर्श सेवा
काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एकदिवसीय निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ । शनिबार दिउँसो १२ बजे स्किल सेवा प्रालिको प्रधान कार्यालय बबरमहल काठमाडौंमा प्राविधिक परामर्श सेवा दिने भएको हो । घर निर्माणमात्र नभई समस्यारहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्नेबारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान-सम्मान, प्रतिष्ठा र शौखको विषय बनेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाको …
पुरा पढ्नुहॊस »स्प्यारोका सिइओ थापा पुरस्कृत
काठमाडौं । जानकी टेक्नोलोजी, स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापा(सिइओ)लाई जालन्धरको लभ्ली प्रोफेसनल युनिभर्सिटी(एलपियु)मा व्यावसायिक उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार आमआदमी पार्टी (आप) भारतका राज्यसभा सांसद अशोक मित्तल र एलपियुका कुलपति रश्मी मित्तलले प्रदान गर्नुभएको हो । व्यावसायिक उत्कृष्टता पुरस्कारले आफ्नो क्षेत्रमा असाधारण योगदान पुर्याएका व्यक्तिलाई मान्यता दिन्छ । थापालाई प्राविधिक तथा दूरसञ्चारको व्यावसायिक उत्कृष्टताका लागि सम्मान गरिएको हो । थापाले सन् २०१५ मा एलपियुबाट मास्टर अफ …
पुरा पढ्नुहॊस »सहकारी महासंघविरुद्धको रिले अनसन स्थगित
काठमाडौं । सहकारी बचाऔँ राष्ट्रिय अभियानले राष्ट्रिय सहकारी महासंघविरुद्ध सुरु गरेको आन्दोलन स्थगित गरेको छ । तरलता अभावलगायतका समस्यालाई महासंघले सामूहिक समस्याका रूपमा स्वीकार नगरेको भन्दै अभियानले सोमबारदेखि रिले अनसन सुरु गरेको थियो । अभियानले फागुन २ गते महासंघमा बुझाएको १३ बुँदे ज्ञापनपत्रको माग सम्बोधन नभएको भन्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार रिले अनसन सुरु गरेकोमा महासंघको आग्रहमा स्थगित गरिएको अभियानका संयोजक विपिन शर्माले हिमालय टाइम्सलाई बताउनुभयो । यही चैत २३ देखि २४ …
पुरा पढ्नुहॊस »