News desk

युवा स्वरोजगार कोषको रकमः ठूला व्यापारीलाई ५० करोडसम्म, पहुँच नहुने बेरोजगार युवाले २ लाख पनि पाउँदैनन्

काठमाडाैं । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत् सरकारले गरेको अर्बौं लगानी उपलब्धीविहिन भएको छ। यो रकम बेरोजगार युवालाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरुको व्यापार विस्तार गर्न खर्च हुने गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। राष्ट्रिय सतर्कता केन्द्रले समेत कोषको रकम व्यापक दुरुपयोग भएको जनाएको छ। कोष मार्फत् अहिलेसम्म सात अर्ब रुपैयाँ लगानी भइसकेको छ। धादिङको रोराङ गाउँपालिका–७ धुसाटारका दीपक …

पुरा पढ्नुहॊस »

जब ओलीले प्रदेश मन्त्री सोडारीले महिलासँग गरेको अश्लील संवादको अडियो क्लिप सुने…

काठमाडाैं । प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ। सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड बालुवाटार पुगेपछि उनलाई बर्खास्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा धनगढीबाट अर्जुन शाहले लेखेका छन्। ती महिला स्वयंले प्रधानमन्त्रीलगायत नेकपा नेताहरूसमक्ष उक्त संवादको ‘क्लिप’ पठाएकी थिइन् । ‘अश्लील संवादका साथै केही तस्बिर पनि बालुवाटार पुर्‍याइएको छ,’ स्रोतले भन्यो। …

पुरा पढ्नुहॊस »

निर्मला हत्याका ११२ दिनः गाउँले पनि प्रहरीको शंकाको घेरामा

काठमाडाैं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ। न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन्। ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर …

पुरा पढ्नुहॊस »

खुल्दैछ दुई हजारभन्दा बढी अधिकृतको आवेदन

काठमाडाैं । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ। आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो। यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्। संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए। यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो। ‘आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी (विज्ञापनसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ । विज्ञापनअनुसार  बैंकले  सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना,  अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ। 

पुरा पढ्नुहॊस »

क्यालिफोर्निया डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, कम्तीमा ५० जनाको मृत्यु

काठमाडाैं । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी कोरी होनेआले बताउनुभएको छ । यसअघि …

पुरा पढ्नुहॊस »

सी डिभिजन लिग फुटबल प्रतियोगिता फागुनको तेस्रो सातादेखि

काठमाडौं । लामो समयदेखि रोकिएको सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो सातादेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र सी डिभिजन क्लबका प्रतिनिधिबीच हिजो भएको बैठकले प्रतियोगिताको मिति तोकेको हो । एन्फाले कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेलगत्तै ए, बी र सी डिभिजन लिग आयोजना गर्ने घोषणा गरे पनि सी डिभिजन लिगको औपचारिक तयारी गरेको थिएन । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिजो …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकसहित तीन कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनएमबी बैंकसहित तीन कम्पनीको कुल एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै एनएमबी बैंक, सेन्ट्रल फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सूचिकृत मध्ये एनएमबी बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर र सेन्ट्रल फाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएका छन् । एनएमबी बैंकको एक करोड १४ लाख ४ …

पुरा पढ्नुहॊस »

विवाहित छाेरीले पनि अाम्दानीकाे १०% अामाबुबालार्इ दिनैपर्ने

काठमाडाैं । सरकारले बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने छ’ भनिएको छ । मन्त्रालयका सहसचिव वीरबहादुर राईले …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको नाफा १९३ प्रतिशतले वृद्धि

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३५ करोड २९ लाख नाफा कमाएको छ । बैंकले पहिलो त्रैमासिकमा १९३.३४ प्रतिशतले नाफा वृद्धि गरेको हो । यो नाफा बैंकले गत आर्थिक बर्षको सोही अवधीमा आर्जन गरेको भन्दा २३ करोड २६ लाख बढि हो । गत आवको पहिलो त्रैमासिकमा कुमारीको नाफा जम्मा १२ करोड ३ लाख मात्रै थियो । बैंकले तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेर पाँच अर्ब …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds