News desk

एसबिआई बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट तथा विगत वर्षका नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा पुस ३० गते भद्रकालीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दै छ । यस्तो …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ४२ करोड बोनस शेयर दिने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ बराबरको बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकको सत्रौं वार्षिक साधारण सभाले उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । साधारण सभाले बैंकको चुक्ता पुँजी ८अर्व ४६ करोड ४३ लाख ८५ हजार २ सय ७६ को ८।१६ प्रतिशतका दरले हुने ६९ करोड ०६ लाख ९३ हजार ८ सया ३८ नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा …

पुरा पढ्नुहॊस »

टिच फर नेपाललाई सन्राइज बैंकको सहयोग

काठमाण्डौं । सन्राइज बैंक लिमिटेडले टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख आर्थिक सहयोग गरेको छ । शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने टिच फर नेपालको उद्देश्यलाई बैंकले सम्मान गर्दै सहयोग गरेको जनाएको छ । टिच फर नेपालले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकको नयाँ शाखा पाँचथरको तुम्वेवा गाँउपालिकामा

काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको तुम्वेवा गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालय तुम्वेवाको उद्घाटन गरेका हुन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा कालिकोेटमा राहत वितरण

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोेट जिल्लाको पलाँता गाउँपालिका १ खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैंकले यही पुष ८ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो । आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्देश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो । उक्त राहत सामाग्रीहरुको …

पुरा पढ्नुहॊस »

साना किसान लघुवित्तले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको पुस २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २५ प्रतिशत बोनश शेयर साथै कर प्रयोजनको लागि १.३१७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बोनस शेयर वितरणका लागि प्रस्ताव गरे अनुसार नै राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको र यही माघ १८ गते आयोजित साधारण सभामा वितरण गरिने कम्पनी …

पुरा पढ्नुहॊस »

एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपालगञ्जमा दुई आकाशे पुल बन्दै

काठमाडौं । नेपालगञ्जको दुई चोकमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ । अति व्यस्त बिपी चोक र धम्बोझी चोकमा आधुनिक प्रविधिको आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपीआर)बनाउन थालिएको छ । विकास बैंकको आर्थिक सहयोगमा यी दुई चोकमा र दोस्रोचरणमा नेपालगञ्जको गणेशमान चोक, पुष्पलाल चोकमा आकाशे पुल निर्माण गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताएका छन् । तीन वर्षको अवधिमा भएको तीव्र सडक विस्तारपछि …

पुरा पढ्नुहॊस »

जापान लैजाने कामदारको छनोट प्रतिष्पर्धाबाट, बिचौलिया नियन्त्रण गर्न संयन्त्र बन्ने

काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगाेले नेपाली कामदार जापान लैजाने प्रकिया शुरू भएकाे नेपाल सरकारलाइ जानकारी दिएका छन् । नेपाली कामदारलारइ जापान लैजाने प्रकिया शुरू नभएकाे श्रम विभागले दावी गरिरहेकाे बेलामा राजदूत साइगाेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगले कामदार लैजाने प्रकिया शुरू भएकाे जानकारी दिएका हुन् । नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई प्रतिस्पधी, पारदर्शी तथा भरपर्दो बनाइने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री …

पुरा पढ्नुहॊस »

विश्व बैंकका अध्यक्षले अप्रत्यासित रुपमा गरे राजीनामाको घोषणा

काठमाडाैँ । विश्व बैंकका अध्यक्ष जिम योङ्ग किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् । ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहेका जिमले आउँदो फेब्रुअरी १ देखि लागु हुने गरी राजीनामाको घोषणा गरेका हुन् । ५९ वर्षका जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनु पर्ने थियो, तर उनले राजीनामाको घोषणा गरेका हुन् । उनी सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । जिम विकासोन्मुख देशमा पूर्वाधार विकासका …

पुरा पढ्नुहॊस »

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

काठमाडाैँ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो। विवादमा तानिएकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै छानविन समितिसमेत बनाएको थियो। परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पालाई सफाइ दिए पनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्‍याउँदै बर्खास्त गर्ने निर्णय गरेको हो। मानव तस्करीको आरोप लागेकी शेर्पालाई सरकारले स्पष्टीकरणका लागि नेपाल बोलाएको थियो। अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक …

पुरा पढ्नुहॊस »