News desk

देशभर बन्दको प्रभाव सामान्य

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेकाले बन्दको देशभर सामान्य प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज लामो तथा छोटो दूरीको गाडी सामान्य रुपमा चलिरहेका छन् । काठमाडौंबाट छुट्ने र भित्रने गाडी सामान्य रुपमा चलिरहेका महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व पश्चिम छुट्ने लामो दूरीका गाडी छुटिरहेका छन् । बन्दको हल्ला चलेपछि सुरक्षाको प्रबन्ध गरिएको बताएको छ । सुरक्षा व्यवस्था कडा पारिएकोले देशभर कुनै …

पुरा पढ्नुहॊस »

राष्ट्रकवि १०० वर्ष पुगे, घरमै पुगेर दिइन् राष्ट्रपतिले शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी छिन् । राष्ट्रकविको लाजिम्पाटमा रहेको निवासमै पुगेर राष्ट्रपतिले शुभकामना दिएकी हुन् । एकसय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले शुभकामनासँगै हातमा फूलको बुकी समेत दिइन् । राष्ट्रपतिलाई शुभकामना दिन बिहानैदेखि उहाँको निवासमा परिवार, आफन्त र शुभचिन्तकको घुईंचो लागेको छ ।

पुरा पढ्नुहॊस »

अबको कांग्रेस नेतृत्व कोइराला परिवारले गर्छ : डा. शशांक कोइराला

बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दावी गरेका छन् । कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनको भनाई छ । रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’ देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा …

पुरा पढ्नुहॊस »

एनएमबीसँग लोभिए लगानीकर्ता ! सेयर कारोबार सबैभन्दा बढी

काठमाडौं । एनएमबी बैंकले गत साता सबैभन्दा बढी सेयर कारोबार गरेको छ । एनएमबीसँग लोभिए लगानीकर्तापछि सेयर कारोबार बढेको हो । कारोबारसँगै बैंकको सेयर मूल्यमा पनि बढेको छ । गतसाता एनएमबीको १९ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा पनि एनएमबी नै अग्रस्थानमा छ । एनएमबीको ५ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको हो । बैंकको थप निष्कासन (एफपीओ)पछि …

पुरा पढ्नुहॊस »

तल्लो मोदीले दशैँअघि उत्पादन शुरु गर्ने

कुश्मा । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो । “वर्षामा पहिरो जाने, …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds