अछामकाे मेल्लेख गाउँपालिका छाउगोठ मुक्त घोषणा

अछाम । मेल्लेख गाउँपालिका-१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल-२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिए ।

जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहमा शान्ति प्रक्रियापछि पुनः छाउगोठ अस्तित्व शुरु भएका थिए । पछिल्लो दुई वर्षयता स्थानीय महिला सञ्जाल, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी मान्ने प्रचालन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ ।

छाउपडीको नाममा विभिन्न सङ्घ संस्थाले कार्यक्रम सञ्चालन गर्ने, छाउगोठ भत्काउने र तामझामसहित गोठमुक्त घोषणा गर्ने तर व्यवहारमा छाउपडी कायमै रहने अवस्थालाई चुनौती दिन पत्रकार सम्मेलन गरी गोठमुक्त घोषणा गरिएको अध्यक्ष बोहराले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after