काठमाडौंको जोरपाटीबाट पाँच लाखसहित पक्राउ परे १३ जुवाडे

काठमाडाैं । काठमाडौंको एक गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको छ । जोरपाटीको नयाँबस्तीमा राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेस्ट हाउसबाट मध्यराति प्रहरीले ५ लाख ३१ हजार रुपैयाँसहित १३ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

बौद्धस्थित महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले १६ थान कौडासहित उनीहरूलाई समातेको हो । ठूलो समूहमा ठूलो रकमको साथ जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका प्रहरीले धादिङ घर भएका गेस्ट हाउस सञ्चालक ३६ वर्षीय राम कार्कीसहित १३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

यस्तै बारा स्थायी घर भई काठमाडौं बस्ने ४२ वर्षीय राजकुमार तिवारी, काभ्रे घर भई काठमाडौं बस्ने ३४ वर्षीय केशव नेपाल, उदयपुर घर भई काठमाडौं बस्ने ३० वर्षीय मानबहादुर मगर, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने ३६ वर्षीय विशाल सुनारलगायत छन् । पक्राउ परेको उनीहरूका विषमा अनुसन्धान भइरहेको तथा प्रचलित कानुनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङमा पिकअपभ्यान दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

काठमाडौं । बागलुङमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान जैमिनी-७ जैदीको व्यार्थला नजिकै बिहान दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहॊस