अमेरिकी डलरको सटहीदर १११ रुपैयाँ, अरु विदेशी मुद्राको कति?

काठमाडाैं । एक अमेरिकी डलर बराबर ११८ रुपैयाँ नाघेको अमेरिकी डलरको मूल्य एक महिनामै १११ रुपैयाँमा झरेको छ । कात्तिक १५ गते डलरको बिक्रीदर मूल्य ११८ रुपैयाँ ६३ पैसा तथा खरिददर मूल्य ११८ रुपैयाँ ३ पैसामा कारोबार भएको थियो । एक महिनापछि आज १११ रुपैयाँ ६५ पैसामा झरेको छ ।

आयातित बस्तुमा निर्भर रहेको देश भएकाले डलरको मूल्य घट्दा व्यापार घाटामा नेपाललाई राहत पुग्दछ । यस आर्थिक वर्षको पहिलो चार महिनामा देशको व्यापार घाटा ४ खर्ब ८३ अर्ब पुगेको छ ।

त्यस्तै आजका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटही दरअनुसार विदेशी मुद्राको सटहीदर निम्नानुसार छ:

-कतारी रियाल १ को ३० रुपैयाँ ६६ पैसा
-युएई दिराम १ को ३० रुपैयाँ ४० पैसा
-मलेसियन रिंगिट १ को २६ रुपैयाँ ६८ पैसा
-दक्षिण कोरियन वन १०० को ९ रुपैयाँ ९७ पैसा
-हङकङ डलर १ को १४ रुपैयाँ २७ पैसा
-बहराइन दिनर १ को २९६ रुपैयाँ १२ पैसा
-कुवेती दिनर १ को ३६७ रुपैयाँ २२ पैसा
-जापनिस येन १० को ९ रुपैयाँ ८४ पैसा
-साउदी अरेवियन रियाल १ को २९ रुपैयाँ ७६ पैसा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भैरहवामा कतार एअरवेजको नियमित उडान

काठमाडाैं । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस