ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरूमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिवारका दिनमात्र लागू हुने बैंकले जनाएको छ ।

बैंकले ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याउने गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्ट्यान्डर्ड चार्टड बैंकका सीईओलाई ‘बैंकिङ सीईओ अफ दि इयर अवार्ड’

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकका सीईओले ‘बैंकिङ सीईओ अफ दि इयर अवार्ड २०२४’ प्राप्त गरेका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds