News desk

सुनको मूल्य एक सय बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुन तोलामा ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको तुलनामा सुनको भाउ १०० ले बढेको हो । बुधबार सुनको भाउ ५८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ । चाँदी भने आज बुधबारको तुलनामा रु ५ बढेको छ । बिहिबार ७२० मा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले दिने भयो ३०% लाभांश, १०% बोनस सेयर

काठमाडौं । एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर र २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बुधबार बसकेको बैंक सञ्चालक समिति बैकठले यस्तो निर्णय गरेको हो । बैंकको यो निर्णय अब नियामक राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । केही समय अघि मात्रै बैंकले १५% बोनस सेयर दिएको थियो । एफपीओ खुला गरेका बेला …

पुरा पढ्नुहॊस »

दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा उच्च अदालतद्वारा खारेज

काठमाडौँ । उच्च अदालत पाटनले निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित दायर रिट खारेज गरिदिएको छ ।  न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले पहिलो सुनुवाइमै रिट खारेज गरिदिएको हो । ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ गते रिट दायर गरेको थियो । अदालतले व्यक्तिको बाँच्न पाउने अधिकारभन्दा पेशा व्यवसायको अधिकार ठूलो नभएको भन्दै रिट खारेज गरिदिएको हो । पेशा व्यवसाय संवैधानिक अधिकार भए पनि बाँच्न पाउने नागरिकको अधिकार …

पुरा पढ्नुहॊस »

विल्डिङ एक्स्पोबाट थाहा पाउनुस् घर निर्माणको सबै जानकारी

काठमाडौं । विहिबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘बिल्डिङ एन्ड कन्स्ट्रक्शन एक्स्पो’- २०७५ सुरु हुँदैछ । सुरक्षित र दिगो आवास निर्माणका लागि प्राविधिक रूपान्तरणको मूख्य उद्देश्यसहित एक्स्पो आयोजना हुन लागेको हो । २०७२ सालको विनाशकारी भूकम्पपछि सर्वसाधरणलाई सुरक्षित घर निर्माणबारे जानकारी दिने उद्देश्यले गत वर्षबाट यो एक्स्पो हुँदै आएको छ । यो वर्ष युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्सको मूख्य आयोजना तथा विभिन्न चारवटा संस्थाहरू नेपाल इन्जिनियर्स एसोसिएशन, सोसाइटी अफ नेपलिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्टरल एन्ड …

पुरा पढ्नुहॊस »

यी हुन् तोरीको तेलका उपयोगी फाइदा

काठमाडौं । तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरलाको जित

काठमाडौ । सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरला किङ्सले बुधबार राति टि-१० लिगमा विजयी शुरूआत गरेको छ ।  साविक विजेता केरलाले पाखतुनलाई ८ विकेटले पराजित गरेको हो । म्यान अफ दी म्याच घोषित सन्दीपले २ ओभरमा १७ रन दिएर ३ विकेट लिएपछि पाखतुनले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । जुन केरलाले ७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सारजाह क्रिकेट मैदानमा केरलाका कप्तान इयान मोर्गानले …

पुरा पढ्नुहॊस »

त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : छ सय मेगावाट विद्युत् जोडिने

काठमाडौं । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफरलगायतको उपस्थितिमा नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा सवस्टेशनको शिलान्याश गरे । सो सवस्टशेनको लागत ६५ दशमलव २५ मिलियन युरो रहेको …

पुरा पढ्नुहॊस »

बच्चालाई मोबाइलमा खेल्नबाट कसरी कम गर्ने? सोचेजति सहज छैन

काठमाडौं । शनिबारको बिहान। १० वर्षीय हेनरी हेली उठिसकेका छन्। उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन्। “लौ मैले जित्नै लागेको थिएँ, म त मरें,” उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ। “साथी, मैले हार्नु हुँदैनथ्यो।” उनीहरुबीचको यो …

पुरा पढ्नुहॊस »

भक्तपुर नगरपालिकाकाका उपमेयरकै घरमा चोरी

काठमाडौं । भक्तपुर नगरपालिकाका उपमेयरको घरमा दिउसै चोरी भएको छ  । भक्तपुर नगरपालिकाकी उपमेयर रजी जोशीको सूर्यविनायक नगरपालिका वडा नं. ८, नौडोल, चख्खु हाइटमा रहेको घरमा चोरी भएको हो । मंगलबार दिनको समयमा नै घरको ढोका तथा घर भित्रका भित्री ढोकाहरु तोड फोड गरी दराज तोडफोड गरी नगद तथा जिन्सी सामान, गरगहना र नगद चोरी भएको हो । महानगरिय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय श्रेष्ठले चोरीमा संग्लनहरुको खोजी कार्य जारी रहेको …

पुरा पढ्नुहॊस »

चियाले बजार नपाउँदा बगान झाडीमा परिणत

भोजपुर । भोजपुर नगरपालिका-१० भैंसीपंखा खुरिलाका २७ परिवारले आठ वर्षअघि इलामबाट ४० हजार चियाका डाला ल्याए । उनीहरुलाई डालालाई बिउका लागि नर्सरी राखे । नर्सरबाट उत्पादित विरुवा प्रतिगोटा एक रुपैयाँका दरले उनीहरुले आ-आफ्ना करिब ६६ रोपनी जग्गामा लगाए । यसरी सुरु गरेको चिया खेती बिस्तार गरी साढे तीन वर्षपछि अर्थोडक्स (हातेपत्ती) चिया उत्पादन गर्न थाले । उत्पादित चिया बिक्रीका लागि नजिकैको भोजपुर बजारमा पुर्‍याए  । तर, चिया बिक्री भएन। धेरै मेहनत …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds