पाँच महिनापछि अमेरिकाबाट घर फर्किन् सोनाली

काठमाडाैं । क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री सोेनाली बेन्द्रे पाँच महिनापछि न्यूयोर्कबाट मुम्बई फर्केकी छन् । सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन् । उनको साथमा पति गोल्डी बहल पनि थिए ।

सोनालीको क्यान्सरको उपचारका क्रममा थुप्रैपटक किमोथेरापी मार्फत उपचार गरिएको थियो । जसक्रममा उनको कपाल पनि काट्नुपरेको थियो । सोमबार मुम्बई एयरपोर्टमा कालो ज्याकेट र ट्राउजरमा देखिएकी सोनालीको ‘लुक’ पहिले भन्दा केही परिवर्तन भएको छ ।

तर उनको मुहारमा भने मुस्कुराहट प्रष्ट देखिन्थ्यो ।गएको जुलाई ४ मा सामाजिक सञ्जाल मार्फत सोनालीले आफूलाई क्यान्सर भएको जानकारी दिएकी थिइन् ।  भारत फर्कनुअघि पनि सोनालीले सामाजिक सञ्जालमा आफू स्वदेश फर्केने कार्यक्रमबारे जानकारी दिएकी थिइन् ।

‘म फर्किरहेकी छु, जहाँ मेरो दिल छ, मलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरा म शब्दमा बयान गर्न सक्दिँन,’ उनले सामाजिक सञ्जालमा लेखेकी थिइन् । सोनालीले अझै लडाई नसकिएको र यो केवल एउटा इन्टरवल मात्रै रहेको पनि बताएकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिभा नक्षत्र-२०२४ का लागि आवेदन खुल्ला

काठमाडौं । बेलायतमा रहेका नेपाली बालबालिकाहरुका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन …

प्रतिकृया दिनुहॊस