खेल

ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाको जित

काठमाडौँ । अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ६३औँ मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ८१औँ मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा …

पुरा पढ्नुहॊस »

विश्वकप छनोट : नेपाल यमनसँग २-० ले पराजित

काठमाडौं । घरेलु टोली नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो । यमनको जितमा खेलको ७२औँ मिनेटमा ओमार अब्दुल्ला दाहिले पहिलो गोल गरेका थिए भने खेलको ९०औं मिनेटमा मोहमद अबुल्लाह अल दाहिले दोस्रो गोल गरेका थिए । विश्वकप छनौटको समूह एचमा रहेको नेपालको यो दोस्रो हार हो । यसअघि नेपालले युएईसँग ४-० …

पुरा पढ्नुहॊस »

विश्वकप फुटबल छनोट : यमनलाई हराउने नेपालको लक्ष्य

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको …

पुरा पढ्नुहॊस »

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं । अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँ पटक विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको …

पुरा पढ्नुहॊस »

विश्वकप फाइनल : भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा उपाधि जित्न अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भयो । भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले …

पुरा पढ्नुहॊस »

चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भयो नेपाल

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यस सिरिजमा नेपाल समूह …

पुरा पढ्नुहॊस »

जिब्राल्टरको पोष्टमा फ्रान्सको १४ गोल, एमबाप्पेको ह्याट्रिक

काठमाडौँ । युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जिब्राल्टरविरुद्ध १४ गोल गरेको छ । समूह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० गोल अन्तरले पराजित गरेको हो । जिब्राल्टरविरुद्ध फ्रान्सका ९ खेलाडीले गोल गरेका थिए । जसमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए । त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन क्लाउस, योउसोउफ फोफना, एड्रीयन राबिओट र ओसमान डेम्बेलेले …

पुरा पढ्नुहॊस »

विश्वकप फाइनल आज, उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुँदैछ । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराह्न २: १५ बजेदेखि सुरु हुँदैछ । यस विश्वकपमा अपराजित रहँदै भारत फाइनलमा पुगेको हो । भारत चौथो पटक एकदिवसीय विश्वकपको फाइनल खेल्दै छ । यसअघि १९८३ र २०११ को विश्वकपको उपाधि जितेको थियो भने २००३ मा विश्वकपको फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको थियो । त्यसैगरी अस्ट्रेलिया भने यस …

पुरा पढ्नुहॊस »

नेपाली महिला टोलीले जापानलाई हरायो

काठमाडौँ । नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुँदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो । जापानलाई कम रनमा समेट्न नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । सिरिजमा दुई खेलमा हार र एक …

पुरा पढ्नुहॊस »

विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । युएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ ।

पुरा पढ्नुहॊस »