News desk

कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं । चासो र चर्चाको रुपमा रहेको ‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले विधेयक स्वीकृत गरेको स्राेतले जनायाे । अब विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानुनको रुप लिनेछ । विधेयक स्विकृत भएसँगै देशभर देखिएको कर्मचारी अभावलाई हटाउन सरकारलाई थप बाटो मिल्नेछ । विधेयकको मस्यौदालाई अन्तिम रुप दिन भन्दै सोमबार मात्रै विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा …

पुरा पढ्नुहॊस »

१ सय रुपैयाँ भाडा लाग्ने बाटोमा २ सय ५० असुली

बैतडी । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ। ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन्। सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो। यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले पाँच जना मात्र बोक्नुपर्ने बाध्यता छ। एउटा जिपमा पाँच जना मात्र बोक्न …

पुरा पढ्नुहॊस »

काठमाडौंको रानीबारीमा बालिका बलात्कृत, किशाेर पक्राउ

काठमाडाैं । काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे काठमाडौंको रानीबारीमा उनी बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३, रानीबारीमा डेरी गरी बस्ने मकवानपुर हेटौंडाकी बालिकालाई अभिभावक नभएको मौका पारी उनकै कोठामा गएर यादवले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । यादवको डेरा पनि …

पुरा पढ्नुहॊस »

निर्मलाको पोष्टर : जति च्यात्यो, उति भाइरल

काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो । जसरी सरकारले ११ गते राजधानीवासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेको थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो । पोलपोलमा प्रधानमन्त्रीका पोस्टर जसरी …

पुरा पढ्नुहॊस »

आर्थिक समृद्धितर्फ अघि बढ्न सरकार असफल : कांग्रेस

काठमाडाैं । प्रमुख प्रतिपक्ष कांग्रेसले दुई तिहाइ समर्थनबाट बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आर्थिक समृद्धिका यात्रा तय गर्न नसकेको निष्कर्षसाथ पार्टीको आर्थिक नीति र कार्यक्रम तयार पारेको छ। पार्टी सहमहामन्त्री प्रकाशरण महत नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने तयारी छ। मंसिर २८ देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्नका लागि उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा राजनीतिक र महत नेतृत्वमा आर्थिक लेखन समिति बनेको थियो। यो …

पुरा पढ्नुहॊस »

ओलीले मन्त्रीपरिषद् बैठक छलेर क्रिश्चियन अवार्ड लिएको खुलासा

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को अवार्ड मन्त्रीपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलेको छ। संविधान, सुशासन ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरस्कार, उपाधि वा विभूषण लिँदा मन्त्रीपरिषद्को पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ओलीले यूपीएफको १ लाख अमेरिकी डलर राशीको पुरस्कार लिँदा आफ्नै नेतृत्वको मन्त्रीपरिषद्लाई जानकारीसमेत नगराएको श्रोतले बतायो। प्रधानमन्त्री ओलीले कोरियाली विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था …

पुरा पढ्नुहॊस »

कसरी हुन्छ पायल्स ? यसबाट कसरी बच्ने ?

काठमाडाैं । मेडिकल भाषामा पायल्सलाई हेमराइट्स भन्ने गरिन्छ । यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहिरी भाग र मलाशयको तल्लो भागका शिराहरु सुन्निने गर्छ । विशेषगरी, यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । मलद्वार सम्बन्धी प्रायः रोगलाई पायल्सको रुपमा लिने गरिन्छ । कसरी हुन्छ पायल्स ? पायल्स हुनुको मुख्य कारण कब्जियत हो । त्यसैले यसबाट बच्न भरपुर मात्रामा हरियो रेसादार सागपात र …

पुरा पढ्नुहॊस »

एनसेल लाभकर मुद्दाको सुनुवाइ रहस्यपूर्ण ढंगले स्थगित

काठमाडाैं । विवादास्पद मानिएको एनसेल सेयर खरिदबिक्री लाभकर मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्च अदालतमा सोमबार दोस्रोपटक रहस्यपूर्ण रूपमा स्थगित भएको छ। सर्वोच्च अदालतका पाँच न्यायाधीश रहेको पूर्ण इजलासमा अन्तिम सुनुवाइ भइरहेको सो मुद्दा हेर्दाहेर्दैको अवस्थामा थियो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेसी सूचीबाटै सो मुद्दा स्थगित गरेका हुन्। यो खबर आजको नागरिक दैनिकमा अनन्तराज लुँइटेलले लेखेका छन्। ‘अन्तिम सुनुवाइको अवस्थामा रहेको र त्यसमाथि पनि हेर्दाहेर्दैको मुद्दा दैनिक पेसी सूचीबाटै स्थगित हुनुलाई स्वाभाविक मान्न …

पुरा पढ्नुहॊस »

वाइडवडी जापान उड्ने अन्तिम तयारीमा

काठमाडाैं । नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उड्ने अन्तिम तयारीमा छ। जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिएको थियो। निगमले नयाँ जहाज खरिदसँगै पुनः सीधा उडान गर्न लागेको खबर आजको कारोबार दैनिकमा केदार दाहालले लेखेका छन्। निगमले हालै खरिद गरेको एयरबस–३३० वाइडवडी जहाजबाट जापान उडान गर्नेछ। निगमले माघदेखि सातामा तीन दिन काठमाडौँ–ओसाका उडान गर्नेछ।

पुरा पढ्नुहॊस »

मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला मिस वर्ल्डको टप ३० मा

काठमाडाैं । मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को टप ३० मा प्रवेश गर्न सफल भएकी छन् । केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई टप ३० भित्र पार्न सफल भएकी हुन् । चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागी श्रृंखला पहिलो राउन्डमा भएको हेड टु हेड च्यालेन्ज अन्तरगत समूह १३ मा लक्जेम्बर्ग, बोस्निया एन्ड हर्जगोभिना, गुयाम र माल्दोभाकी सुन्दरीलाई हराउँदै अघि …

पुरा पढ्नुहॊस »