स्ट्यान्डर्ड चार्टड बैंकका सीईओलाई ‘बैंकिङ सीईओ अफ दि इयर अवार्ड’

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकका सीईओले ‘बैंकिङ सीईओ अफ दि इयर अवार्ड २०२४’ प्राप्त गरेका छन् । बेलायतको ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्यु म्याग्जिनले नेपालको स्ट्यान्डर्ड चार्टड बैंक सीईओ अनिर्वाण घोष दस्तीदारलाई अवार्ड दिएको हो ।

ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्युले दस्तीदारलाई बैंकिङ लिडरसीप विधाअन्तर्गत बैंकिङ सीईओ अफ दि इयर नेपाल २०२४ बाट सम्मान गरेको हो । बैंकले एक विज्ञप्ति जारी गर्दै सीईओ दस्तीदारले पुरस्कार प्राप्त गरेको जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री