काठमाडौं । गायक प्रविन बेडवाल र गायिका रंगिला बटालाको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलालाई हेर्न सकिन्छ । श्याम तामाङको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाले मिलेर निर्देशन गरेका हुन् ।
पुरा पढ्नुहॊस »रानी र प्रमोदको ‘चल्यो मायाको बतास
काठमाडौं । गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीलाई हेर्न सकिन्छ । गीतमा विकास चौधरीको संगीत छ भने हरि उप्रेतीको शब्द रहेको छ । भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ ।
पुरा पढ्नुहॊस »प्रमोदको ‘उनको हात मेरो सिरानी’ सार्वजनिक
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा लक्ष्मी वर्देवा, दिना घिमिरे र रमेश घिमिरेलाई हेर्न सकिन्छ । गीतमा महेश खड्काको संगीत छ भने रमेश घिमिरेको शब्द रहेको छ ।
पुरा पढ्नुहॊस »रचना र प्रविनको ‘तिमी कस्की छोरी’
काठमाडौँ । गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका सुरक्षा पन्त र शम्भु घिमिरेलाई हेर्न सकिन्छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।
पुरा पढ्नुहॊस »डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’
काठमाण्डौं। मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ । हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ ऋंखलाको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ ।
पुरा पढ्नुहॊस »रिकेशको स्वरमा अञ्जना र दिपकको अभिनय
काठमाडौँ । ‘के माया लाग्छ र ?’, ‘तीनपाते’ र ‘याक्थुङ्मा कान्छी’को सफलतापछि आर्टमाण्डुले ‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक गरेको छ। रिकेशगुरुङ्गको शब्द, स्वर र संगीत रहेको उक्त गीत गत साता सार्वजनिक गरिएको हो। ‘तिमी नै तिमी’ आर्ट्माण्डुका विगतमा सार्वजनिक भएका गीत/ भिडियो भन्दा केही पृथक छ। पहिलेका गीत/ भिडियोहरुमा आर्ट्माण्डुले प्रयोग गर्नेगरेका ग्रामिण परिवेष, र गीत मार्फत कथा भन्ने प्रयोग यो गीतमा गरेको देखिदैन। बरु यस गीतमा शहरी परिवेशको प्रेम-भाव …
पुरा पढ्नुहॊस »चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह ,पुजा र्शमा, पुष्प खड्का, नायिका वर्षा राउतलाई हेर्न सकिन्छ । गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ । चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि …
पुरा पढ्नुहॊस »‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर
काठमाडौं । चलचित्र ‘एउटा यस्तो प्रेम कहानीको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र गीत मात्र समावेश गरिएको छ । शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ ।
पुरा पढ्नुहॊस »नेटटीभी सिनेप्लस
काठमाडौं ।नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ । सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्र्तगत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेज प्रति महिना ९९ रुपैयाँमा नेटटीभी सेट टप बक्स भएका ग्राहकले लिन सक्छन् …
पुरा पढ्नुहॊस »डिशहोम रियालिटी टिभी च्यानलमा ‘ बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रशारण हुदै
काठमाडौ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले अब स्ट्यण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । कार्यक्रमको पहिलो भाग यहि पौष २८ गते प्रशारण हुँदैछ भने पुन प्रशारण कमेडि प्लस च्यानलमा पनि हेर्न सकिनेछ । डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’ मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगाएत अन्य हास्य कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका छन । …
पुरा पढ्नुहॊस »