लेख

पत्रकारको भूकम्प डायरी (भिडियोसहित)

हाम्रा घरका मानिसहरू भूकम्प आयो भन्दै चिच्याउँदै बाहिर निस्की सक्नुभएको थियो । म निस्की सकेको नै थिएन । म त भित्रबाट नै नकराऊ भन्दै घर वरिपरिका मान्छेलाई सान्त्वना दिइरहेको थिएँ । सबै जनाले बाहिर आउनु भनेर कराएपछि म पनि निस्किएँ । बाहिर गएपछि भूकम्प फेरि फर्कियो ।

पुरा पढ्नुहॊस »

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

पुरा पढ्नुहॊस »

बन्ने होईन त आन्तरिक पर्यटक ?

डम्मर बम बिदाको सदुपयोग गर्दै नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रमा अवलोकन गर्ने मनसाय धेरैले बनाएका हुन्छन् । नेपालमा सम्भावना बोकेका तथा नेपाललाई परिचित गराएका अनगिन्ती स्थानहरु रहेका छन् । ती स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरुहरुको घुँईचो लाग्ने गर्दछ । पर्यटकीय क्षेत्र राष्ट्रको पहिचानमात्र नभएर आर्थिक श्रोत पनि हो । हामीले नेपालका केही घुम्नैपर्ने स्थानमा बारेमा यहाँ चर्चा गरेका छौं । दशैं हाम्रो घर आँगनमा आईसकेको छ । त्यसैले आन्तरिक पर्यटक …

पुरा पढ्नुहॊस »

मोबाइल: बैध अबैधको नालीबेली

किरण अधिकारी काठमाडौंस्थित कोटेश्वर सहयोगीनरमा श्रेयनवल्र्ड नामक लुगा पसल गर्न समिता लुइटेललाई मोबाइल फोनले निकै सहज बनाएको छ । पसललाई चाहिने कपडाको मुल्य, स्टाइल, नयाँ ट्रेन्ड, रुचि सबैतिर बुझेर खरिद गर्न पाउँदा सजिलो भएको बताउँछिन् । लुइटेल, भन्छिन्, “कसले कस्तो स्टाइलको, कति रुपैयाँसम्म पर्ने मनपराउँछन्, सबै मोबाइल फोनबाट थाहा हुन्छ ।” उनि थप्छिन्, “जहाँ सस्तो छ, कुन देशको, कुन नयाँ, कुन रुचिको स्टाइल छ, होलसेलमा त्यहिं गएर ल्याउन पाउँदा आम्दानी …

पुरा पढ्नुहॊस »

विश्वकप क्रिकेट छनोट तयारीका लागि नेपाली महिला टोली बङ्गलादेश प्रस्थान

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्नेछ। बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। नेपाली टोलीले कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छिन्। टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति …

पुरा पढ्नुहॊस »

पानवाली बहिनीकाे क्यारेमबाेर्ड…(यात्रा संस्मरण-३)

महेशराज खरेल गत हप्ताकाे निरन्तर…। हामी हाटतिर लाग्यौं। बाटामा कहीँ भरखर धान काटेर पाँजा हालिएका, कहीँ धानका बिटा उठाउँदै गरेका, कहीँ वस्तुभाउ चर्दै गरेको, कही भने खेत बाँझो नै रहेको उस्तै थियाे परिवेश । “यी यति राम्रो उब्जनी हुने खेत जनबल नहुँदा यसरी बाँझै रहेको छ।” मैले सम्झें वास्तवमा देशले रोजगारी सृजना गर्न नसक्दा देशका युवाहरु विदेशमा खुन पसिना बगाउन बाध्य छन्। प्रकृति प्रदत्त उत्पादन हुने धरती बाँझै छ। कहिले …

पुरा पढ्नुहॊस »

पानवाली बहिनीकाे क्यारेमबाेर्ड (यात्रा संस्मरण-२)

महेशराज खरेल । गत हप्ताकाे बाँकी…। नानीले भोक लाग्यो भनेर केही खाने इच्छा देखाइन्। सबैको मतो मिल्यो, हामी एक फाष्टफुडमा पस्यौ। बाबुले आमाका लागि केही फलफूल किनेर ल्याए । खाजा पछि हामी पुनः यात्रा आरम्भ गर्यौं। नानी बाबूले आज बिराटनगर बसेर भोली मात्र रजनी जाने मत राखे । विराटनगर उनीहरुको मावली घर थियो । हत्त न पत्त श्रीमतीजीको समर्थन आयो, उनको त माइतीघर आउँदा आउँदै पस्न बस्न पाइने, कोसेलीपात बाँड्न …

पुरा पढ्नुहॊस »

पानवाली बहिनीको क्यारेम बोर्ड (संस्मरण)

महेशराज खरेल करिब ३० वर्षे जागिरे जीवनबाट निवृत भएपछि गाउँ जाने रहरको ढोका खुल्यो। नानी बाबुको कजेज छुट्टीले श्रीमती जीलाई पनि फुर्सद मिल्यो। आमा यसै फुर्सद हुनुहुन्थ्यो। उमेरले नेटो काटेको भए पनि (परार साल चौरासी गरे पछि स्वास्थ्य अझ सुध्रिएको थियो ।) आमामा घुम्ने र गफ गर्ने उत्साह रत्ति घटेको थिएन। यसरी सबैको एकैचोटी फुर्सद मिल्नु संयोग मात्र थिएन मेरा निमित एक सुन्दर अवसर पनि भयो। अर्को कुरा निवृत कर्मचारी …

पुरा पढ्नुहॊस »

स–शुल्क नुहाउने पर्व माघी

कैलालीको लम्कीचूहा ७ हरदानीका शिक्षक डम्बर चौधरी केही दिनदेखि गाउँमा हातमा कापी कलम लिएर हिड्दै छन् । गाउँमा बसोबास गर्ने घरधुरी तथा जनसंख्या टिपोट गर्न भने होइन, उनि त सुंगुर मासु खानेको नाम लेख्दैछन् । छिमेकी लायकराम चौधरीको घरमा पालेको अन्दाजी ७० किलोको सुंगरको मासुको खानेको लिस्ट हो, उनले तयार गर्न लागेको । सबै गाउँलेलाई नपुगेको खण्डमा अर्को सुंगुरको जोहो पनि गर्नु पर्नेछ । गाउँले पनि उनलाई आफूलाई चाहिने मासुको …

पुरा पढ्नुहॊस »

[कथा] शंकरदेव क्याम्पसकी पार्वती

डम्मर बम सुन्नुस न, हजुर नयाँ हो ? शंकरदेब क्याम्पसको शंकरदेवको मूर्तिबाट अलि तल झरेर क्याम्पस प्रमुख कक्षमा माथि जान सिढी चढ्नै लाग्दा अप्ठारो मान्दै गरी उभिएकी एउटा अपरिचित अनुहारले सोध्यो । म एक टक उभिए र हेरे बाँया साइडमा हल्का कालो ब्याग बोकेकी उनले दाँया हातको चोर औंला दाँतले टोकेर आँखा यताउती डुलाउदै केही खोज जस्तो गरिन् । मः हजुर म नयाँ विद्यार्थी हो । हजुर नी ? उनीः …

पुरा पढ्नुहॊस »