News desk

कांग्रेस नेता लामाले दाेलखामा दिए ५ वटा एम्बुलेन्स

काठमाडौँ । नेपाली कांग्रेसका नेता एबं संघीय सांसद् जिपछिरिङ लामाले दोलखाका पाँच वटा स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्। लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बाणिज्य बैंकमा ठुलो संख्यामा कर्मचारी मागको तयारी

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गर्ने तयारी गरेको छ । बैंकले साढे पाँच सय जना कर्मचारी भर्नाका लागि पुस पहिलो हप्ता विज्ञापन खुलाउने तयारी गरेको जनाएको छ । लोक सेवा आयोग र अर्थमन्त्रालयबाट स्वीकृत भई अहिले कर्मचारी मागको फाइल नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले अबको एक हप्ताभित्र उक्त फाइल स्वीकृत गर्नेछ । राष्ट्र बैंकबाट स्वीकृत भएको एक हप्तापछि विज्ञापन खुल्नेछ ।

पुरा पढ्नुहॊस »

नेपाली बजारमा मंसिर २९ देखि ‘ओप्पो आर १७ प्रो’

काठमाडौं । सेल्फी एक्स्पर्ट एन्ड लिडर ओप्पोले आधिकारिक रूपमै ‘आर–सिरिज’ का मोबाइल सेट नेपालमा मंसिर २९ गतेबाट बिक्री गर्ने घोषणा गरेको छ । नेपालमा निकै लामो समयदेखि प्रतीक्षा गरिएको  आर–सिरिजको बिक्री सुरुवात नयाँ स्मार्टफोन ‘ओप्पो आर१७ प्रो’ मार्फत गर्ने छ । कम्पनीका अनुसार आर१७ प्रोबाट राति पनि उत्कृष्ट तस्बिर लिन सकिन्छ । यसमा रहेको अल्ट्रानाइट मोड ‘सिज द नाइट’ विशेषता पनि उपलब्ध छ । त्यसैगरी यसमा १.५–एफ२.४ को भेराएबल स्मार्ट …

पुरा पढ्नुहॊस »

सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार/पाँच जनाको समूहमा आएको डाँकाबीच गए राति गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । चार/पाँच जनाको समूहमा रहेको …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको नयाँ शाखा वालिङ र तानसेनमा

काठमाडौं । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । पाल्पाको तानसेन नगरपालिका ४ मा रहेको नयाँ शाखाको उद्घाटन तानसेन नगरपालिका मेयर अशोक कुमार शाही तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालद्वारा संयुक्त रुपमा भयो । त्यसैगरी, स्याङ्जाको वालिङ नगरपालिका ८ मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त रुपमा भयो ।

पुरा पढ्नुहॊस »

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २४) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ८० पैसा  र बिक्रिदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा झापामा

काठमाडौं । एन आई सी एशिया बैंकले झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकको थप ६ शाखारहित बैंकिङ सेवा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डडेल्धुरामा २ वटा, डोटीमा २ वटा र बैतडीमा २ वटा गरी ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।थप ६ शाखा सञ्चालन पछि शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ। सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा भएको हो। शाखारहित बैंकिङ्ग इकाईबाट ग्रामीण क्षेत्रका स्थानीयले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन …

पुरा पढ्नुहॊस »

रियालको जितमा बेल नायक

काठमाडौं । वाल्सका फरवार्ड ग्यारेथ बेलको गोलमा रियाल मड्रिडलाई ला—लिगाको शीर्ष चारमा पुुर्याएको छ । आइतबार राति भएको खेलमा रियालले हुुइसकामाथि संघर्षपूर्ण जित निकालेको हो । ला—लिगाका दश खेलमा गोलविहीन बनेका बेलले हुुइससकाकोविरुद्ध भलि गोल गरेका गर्दै आफ्नो गोलविहीन यात्रामा बिराम लगाए । पहिलो हाफको ८ औं मिनेटमा गोल गर्दै अग्रतालिएको रियालविरुद्ध हुुइसकाले पहिलो हाफमा गोल गर्ने अवसर गुुमाएपछि १—० गोलले पछि परेको थियो । रियालले सुुरुआतमै अग्रता बनाएपनि खेलको …

पुरा पढ्नुहॊस »

अध्यादेशबारे कर्मचारी नेताको भनाई – असन्तुष्टि छन् तर कार्यान्वयन हुनुपर्छ

काठमाडौं । सरकारले आइतबार ल्याएको कर्मचारी समायोजन सम्बन्धी अध्यादेशमा कर्मचारीको केही असन्तुष्टि रहेपनि त्यसलाई कार्यान्वयन गरेर नै लग्नुपर्ने कर्मचारीका नेताले बताएका छन् । निजामति कर्मचारी संघको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूण्य प्रसाद ढकालले सोमबार भने,‘‘ ८६ हजार कर्मचारी भएकोले सबैलाई चित्त बुझाउन  सरकारलाई गाह्रो होला । तर, अहिलेको समश्या सम्बोधन गर्ने गरी ल्याइएको भनिएको अध्यादेश आज राजपत्रमा आएपछि मात्रै विस्तृत छलफल गरेर त्यसलाई अझे कर्मचारी मैत्री कसरी बनाउन सकिन्छ भन्ने …

पुरा पढ्नुहॊस »