काठमाडाैं । ललितपुरको एकान्तकुनामा भएको दुर्घटनामा एक ट्राफिक प्रहरीको ज्यान गएको छ । एकान्तकुमा आइतबार राति भएको दुर्घटनामा ट्राफिक प्रहरीका जवान सुमनप्रसाद कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान कँडेलले चलाएको बा ९४ प ६११७ नम्बरको स्कुटर राति ९ बजे दुर्घटनामा परेको हो । सडकमा लडेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारले अल्का अस्पताल लगेको थियो । कँडेलको उपचारको क्रममा राति १० बजे ज्यान गएको हो ।
दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कँडेल आफ्नो ड्युटी सकेर घर फर्किँदै गर्दा दुर्घटनामा परेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
तपाईंको प्रतिकृया




