काठमाडौं । चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । भरतपुर महानगरपालिका-१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतमले ज्यान गुमाएका हुन् । गौतम बिहीबार सपरिवार वैकुण्ठ ताल घुम्न गएका थिए । त्यहाँ ताल नजिकैको एउटा ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा अचानक चिप्लिएर उनी तालमा खसेकाे जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले बताए । उद्धारपछि गौतमलाई जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकले मृत्यु …
पुरा पढ्नुहॊस »जापान काण्ड : पूर्वमन्त्री अधिकारीले दिए सबै जिम्मेवारीबाट हटाउन निवेदन
काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले एमाले पार्टीको सबै जिम्मेवारीबाट हटाउन निवेदन दिएका छन् । अधिकारीले मन्त्री पदबाट यसअघि नै राजीनामा दिइसकेका छन् । अधिकारीले स्पष्टीकरणसहित पार्टी जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । अधिकारी एमाले कोशी प्रदेश सदस्य समेत हुन् । जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला पनि आउला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (MyPay Wallet) बीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् …
पुरा पढ्नुहॊस »स्टार्टअप एन्ड आइडिया फेस्ट काठमाडौँमा हुँदै, सातै प्रदेशको सहभागिता
काठमाडौं । देशका सातै प्रदेशका डिजिटल स्टार्टअपहरूको सहभागितामा काठमाडौँमा २ दिने स्टार्टअप एन्ड आइडिया फेस्ट हुने भएको छ। लिभिङ विथ आईसीटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढी स्टर्टाअप र इन्नोभेसनहरूको प्रदर्शनी रहनेछ। आईसीटी अवार्ड-२०२४ को प्रि-इभेन्टको रूपमा कात्तिक २९ र ३० गते काठमाडौँको बत्तीसपुतलीमा यो कार्यक्रम गर्न लागिएको हो। द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियर्स भ्लग्सको सहकार्य रहेको यस फेस्टमा प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले समेत फेस्टमा …
पुरा पढ्नुहॊस »फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे
काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका छन् । ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई पाँच वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि उनी सम्पर्कविहीन भएका थिए । तर, शुक्रबार एक विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित प्रतिक्रिया दिएका हुन् । ‘(फैसला) पश्चात मेरा कानून …
पुरा पढ्नुहॊस »वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, के के छन् सुविधा ?
काठमाडौं । ई-कमर्स प्लेटफर्म दराजले बहुप्रतीक्षित सेल दराज ११.११को आयोजना गर्दै छ। नेपालमा वर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको हो। कम्पनीका अनुसार यस सेलमा थप आकर्षणमा फ्ल्यास सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरुका साथै अविश्वसनीय छुटलगायत सुविधाहरु समेत उपलब्ध हुनेछन्। ‘ग्राहकहरुको वर्षभरको प्रतीक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत …
पुरा पढ्नुहॊस »उपनिर्वाचनमा दलहरूको शक्ति परीक्षण हुँदै, कांग्रेस र माओवादीलाई विरासत जोगाउने चुनौती
काठमाडौं । दशैँ र तिहारजस्ता नेपालीहरूको प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै राजनीतिक दलहरूले मंसिर १६ गतेका लागि तय गरिएको स्थानीय तह उपनिर्वाचनको तयारीलाई तीव्रता दिएका छन् । स्थानीय तह निर्वाचनको साढे दुई वर्षपछि हुन लागेको उपनिर्वाचनमा आफ्नो शक्ति परीक्षणसमेत हुने भएकाले दलहरू उपनिर्वाचनको लागि सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेका हुन् ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको …
पुरा पढ्नुहॊस »बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकैदिन पायो ३८० शो
काठमाडौँ । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ् नपाएको यस फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको निर्माण कम्पनी सेभेन सिजले जानकारी दिएको छ । त्यस्तै फिल्मले शो संख्यामा भने रेकर्ड नै बनाएको छ । फिल्मले बिहीबारबाट देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएको छ । यो नेपाली फिल्मले पाएको अहिलेसम्मकै …
पुरा पढ्नुहॊस »