News desk

युक्रेनका दुई डुंगा र एक पानीजहाज रुसद्वारा कब्जा

काठमाडौं । रुसले आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएको छ । यस घटनाबाट रुस र युक्रेनबीच थप तनाव बढेको छ । रुसले क्रिमिया प्रायद्वीप नजिक युक्रेनी नौसैनिक जहाजहरुमाथि आक्रमण गरेको थियो । रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव सागरस्थित आफ्नो सीमामा घुसेकाले आक्रमण गरेको दाबी गरेको छ । आजोव सागर रुस र युक्रेनमा पर्दछ । जमिनले घेरिएको यो सागरमा र ब्ल्याक सी (कालो सागर)को साँघुरो तट हुँदै प्रवेश …

पुरा पढ्नुहॊस »

सेनामा खुल्यो साढे तीन हजारका लागि जागिर (सूचनासहित)

काठमाडाैं । नेपाली सेनाले करिब साढे तीन हजार रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । सेनाको जमदार कर्मचारी, सहायक पण्डित, हुद्दा, अमल्दार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाध्य बादन तथा विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । मंसिर १० देखि २४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । यस अवधिमा  छुटेकाले दोब्बर दस्तुर बुझाएर पुस २ सम्म दरखास्त दिन सक्नेछन् । 

पुरा पढ्नुहॊस »

बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्ने गर्थे !

काठमाडौं । छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू !, आजको नयाँ पत्रिकामा यो खबर पहिलो पृष्ठमा छ ।  ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि सुरु भएको थियो । त्यो सिलसिला करिब …

पुरा पढ्नुहॊस »

बैठकमा रोएपछि रेणुलाई माफी !

काठमाडाैं । पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन्। माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमले औपचारिकरूपमा फिर्ता लिएको छ। गत बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समिति सदस्य प्रकाश अधिकारीले रेणुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए। अधिकारीको प्रस्तावलाई अन्य केही नेताले पनि सहमति जनाएको स्रोतको भनाइ छ। तर यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन्। पार्टी …

पुरा पढ्नुहॊस »

मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन भनेपछि नेपाली युवा निरास

काठमाडाैं । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ। कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झण्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अबस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरेको हो। तर नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको अबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्। श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म …

पुरा पढ्नुहॊस »

पहिलो पटक कार्यान्वयनमा आयो सरकारले तोकेको धानको मूल्य

काठमाडाैं । खाद्य संस्थानले धानको समर्थन मूल्य पहिलो पटक कार्यान्वयन गरेको छ। गत मंगलबार संस्थानको सञ्चालक समितिले समर्थन मूल्य पारित गरेपछि कार्यान्वयनका लागि बाटो खुलेको हो। संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार संस्थानले इतिहासमै पहिलो पटक कार्यान्वयन गरेको हो। ‘दुई वर्षअघि सरकारले समर्थन मूल्य तोकेको थियो । बजार भाउभन्दा अस्वाभाविक थियो । बढी मूल्यमा खरिद गरेर दुगर्ममा बिक्री गर्न समस्या भयो,’ गौचनले भने, ‘जसले गर्दा कार्यान्वयन हुन सकेको थिएन।’ हाल धान …

पुरा पढ्नुहॊस »

नेपाल र खनानतिर ढल्किए वामदेव, २१ भाइको मागमा वामदेवको साथ

काठमाडाैं । नेकपाका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन्। बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले २१ केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटिको बैठक बोलाउन र पोलिटव्युरोको गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेबारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णु पौडेलमार्फत् अध्यक्षद्वय केपी शर्मा ओली …

पुरा पढ्नुहॊस »

लोक दोहरीमा तानिए श्रोताः भाइरल बन्दै ‘सालको पात टपरी’

काठमाडाैं । अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ ‘सालको पाट टपरी’। बालबालिकादेखि बृद्धबृद्धासम्मको मुखमा झुण्डिन सफल यो गीत सबैभन्दा वढी तिहारमा गुञ्जियो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। गीतको युट्युब भ्युज बढ्दो छ। दुई महिनाको अबधिमा भ्युज ७१ लाखभन्दा वढी पुगिसकेको छ। गीतले सोचेभन्दा बढी चर्चा पाएपछि गायक, गायिका, संगितकार, रचनाकार र मोडल दंग छन्। कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतको रचनाकार नवराज पन्त हुन्। …

पुरा पढ्नुहॊस »

विभागले बिक्री गरेको लाइसेन्स प्रदेशले रद्द गर्‍यो

काठमाडाैं । यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेको सवारीचालक अनुमति पत्र प्रदेश सरकारले रद्द गरेको छ। प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको दुरुपयोग गरी जारी गरिएका सबै लाइसेन्स रद्द गरिएको जानकारी दिएको खबर आजको कारोबार दैनिकमा शिव बोहोराले लेखेका छन्। ललितपुर एकान्तकुना लाइसेन्स कार्यालयले मंसिर ५ गते विभागको नाममा पत्र लेख्दै कार्यालयको अभिलेख बाहेक विभिन्न …

पुरा पढ्नुहॊस »

कर्मचारी समायोजन अध्याधेशको सत्तापक्षबाटै विरोध

काठमाडाैं । राज्य व्यवस्था समितिका सदस्यहरूले कर्मचारी समायोजन अध्यादेश ल्याउन खोज्नु गलत भएको बताएका छन् । संसदको नियमित प्रक्रियाबाटै विधेयक ल्याउन सत्तापक्ष सांसदले माग गरेका हुन् । सरकारले कर्मचारी समायोजन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘अध्यादेशबाट देश चल्नु हुँदैन,’ नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले भने, ‘ल्याउनै हुँदैन भन्ने पनि होइन । किन अध्यादेश ल्याउनुपर्ने हो? यो समितिलाई जानकारी हुनुपर्छ ।’ अध्यादेशमा के व्यवस्था …

पुरा पढ्नुहॊस »