News desk

नयाँ वर्ष सन् २०१९ सुरु, प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ । विश्वका अधिकांश …

पुरा पढ्नुहॊस »

सिंहदरबारका कर्मचारी कालोपट्टी बाँधेर काममा

काठमाडाैँ । दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन थालेका छन्। प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै आज उक्त समूहका कर्मचारीले हातम कालोपट्टी बाँधेर काम गरेका छन्। ‘दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि राखिएन। त्यसैको विरोधमा आज कालोपट्टी बाँधेर काम गरेका हौं,’ कर्मचारी ईश्वरीप्रसाद ढकालले भने। उनीहरूको माग लेखा समूहअन्तर्गत प्रदेश अनि स्थानीय तहमा अनावश्यक भएको संख्या केन्द्रमा दरबन्दी हुनुपर्नेछ। यसअघि …

पुरा पढ्नुहॊस »

काठमाडौं जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतका डिठ्ठा १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुयपोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा (खरिदार) विदुर पोख्रेललाई १० हजार घुस रकमसहित पक्राउ गरेको हो। पोख्रेलले डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागिरहेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई सोह्रखुट्टेको एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो। पक्राउ परेका पोख्रेलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको अख्तियारका रामेश्वर दंगालले जानकारी दिए।

पुरा पढ्नुहॊस »

सामान बोक्ने ट्रकमा १ सय ६० किलो चरेस

वीरगन्ज । पर्सा प्रहरीले १ सय ६० किलो लागू औषध चरेससहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरीबाट वीरगन्जतर्फ आउँदै गरेको ना४ख २९८५ नम्बरको ट्रकबाट १ सय ६० किलो चरेश बरामद भएको हो । चरेससहित ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २९ वर्षीय सागर वललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्रकको बडी र क्याभिनको बीच भागमा फल्स बटम बनाइ लुकाएर भारततर्फ लैजाँदै गर्दा ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले …

पुरा पढ्नुहॊस »

पर्यटन क्षेत्रमा ऐतिहासिक रह्यो सन् २०१८

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह …

पुरा पढ्नुहॊस »

‘कांग्रेसले धर्म बोकेर राजनीति गर्दैन’

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ। पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीले स्पष्ट पारेको हो। महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आइतबार पत्रकार एवम् बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको जनाएको हो। सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी र पारदर्शी पार्टी भएको बताए। उनले एक फरक प्रसङ्गमा …

पुरा पढ्नुहॊस »

सुख्खा पहिरो जाँदा पासाङल्हामु राजमार्ग अवरुद्ध, साँझसम्म सुचारु गराउने प्रयास हुँदै

रसुवा । पासाङल्हामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः आजै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुने छ। राजमार्ग बन्द हुँदा नियमित यात्रुबाहक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा रोकिएका जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताए। पहिरो गएको …

पुरा पढ्नुहॊस »

घाँस काट्न गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

काठमाडाैँ । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–३ स्थित सिर्जना सामुदायिक वनमा घाँस काट्न गएको बेला स्थानीय ५५ वर्षीया सावित्री राईलाई हात्तीले आक्रमण गरेको हो। हात्तीको आक्रमणबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। राईको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ। हात्तीले राईलाई मुखमा कुल्चेर मारेको स्थानीयले बताएका छन।

पुरा पढ्नुहॊस »

प्रदेश २ को ट्राफिक राजश्व अन्य प्रदेशको भन्दा धेरै, पाँच महिनामै उठ्यो पौने सात करोड

काठमाडाैँ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा छ करोड ७१ लाख ५१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ। क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरेर मात्रै यस अवधिमा दुई करोड २२ लाख ६८ हजार राजश्व असुल भएको कार्यालयले जनाएको छ। सवारी साधनलाई कारबाही शीर्षकमा प्रदेश २ ले अन्य पदेशभन्दा वढी राजश्व संकलन गरेको कार्यालयका प्रहरी उपरीक्षक किरण बज्राचार्यले …

पुरा पढ्नुहॊस »

मनोज गजुरेल स्टारर ‘१०० कडा १०’को ट्रेलर रिलिज

काठमाडौं । मनोज गजुरेल स्टारर चलचित्र ‘१०० कडा १०’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा भ्रष्टाचार र त्यसले परिवार तथा समाजमा पार्ने प्रभनवलाई देखाइएको छ । रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘१०० कडा १०’ मनोज गजुरेलको डेब्यू चलचित्र हो । राजाराम पौडेल पनि यसमा मुख्य भूमिकामा छन् । उनी यसका मुख्य कलाकार पनि हुन् ।  

पुरा पढ्नुहॊस »