बैठकमा रोएपछि रेणुलाई माफी !

काठमाडाैं । पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन्। माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमले औपचारिकरूपमा फिर्ता लिएको छ।

गत बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समिति सदस्य प्रकाश अधिकारीले रेणुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए। अधिकारीको प्रस्तावलाई अन्य केही नेताले पनि सहमति जनाएको स्रोतको भनाइ छ। तर यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन्।

पार्टी केन्द्रीय समितिले दिएको निर्देशनलाई उल्लंघन गरी रेणुले गत असोज ३ मा कालो दिवस मनाउने निर्णय गरेकाले उनलाई कारबाही गर्नुपर्ने प्रस्ताव अधिकारीले बैठकमा गरेका थिए। ‘केन्द्रीय समितिले दिएको निर्देशनलाई ठाडो उल्लंघन गर्नु भनेको पार्टीमा अनुशासनहीनता ल्याउनु हो, त्यसैले रेणुमाथि कारबाही होस्,’ स्रोतका अनुसार अधिकारीले बैठकमा प्रस्ताव राखेका थिए।

‘बैठकमा यस्तो प्रस्ताव आएपछि रेणु केहीबेर रोइन्। पार्टीका लागि आफूले गरेको योगदानबारे व्याख्या गर्दै उनले राजीनामा दिने घोषणा गरिन्,’ स्रोतले भन्यो, ‘त्यसपछि उनले हस्ताक्षर नगरिएको राजीनामा पार्टी अध्यक्ष यादवलाई बुझाइन् र त्यहाँबाट हिँडिन्।’ त्यसलगत्तै परिस्थिति बदलिएको र यादवलाई कारबाही गर्ने प्रस्ताव अधिकारीले फिर्ता लिएको स्रोतको दाबी छ। यो खबर आजको नागरिक दैनिकमा सजन शर्माले लेखेका छन्।

यसमा अन्य नेताहरूले पनि सहमति जनाए। रेणुले पनि राजीनामा फिर्ता लिइन्। नागरिकसँग कुरा गर्दै उनले भनिन्, ‘आफूविरुद्ध पार्टीमा ल्याइएको प्रस्ताव फिर्ता भएपछि राजीनामा फिर्ता गरें।’ आफूविरुद्ध नबुझेर बैठकमा प्रस्ताव ल्याइएको उनले स्पष्ट पारिन्। पार्टी महासचिव राम साह यादवले भने उपाध्यक्ष यादवले राजीनामा नदिएको बताए। ‘उहाँ (रेणु यादव) ले राजीनामा दिनुभएकै छैन,’ उनले भने।

संविधाान जारी भएको दिन असोज ३ लाई कसरी मनाउने भन्ने विषयमा संघीय फोरमको केन्द्रीय समिति र प्रदेश २ समितिले फरकफरक विज्ञप्ति निकालेपछि केन्द्रीय समिति र प्रदेश समितिबीच विवाद चर्किएको थियो।

केन्द्रीय समितिले उक्त दिन पार्टी मौन बस्ने निर्णय गरेको थियो भने प्रदेश २ समितिले त्यहस दिनमा कालो दिवस मनाउने निर्णय गरेको थियो। प्रदेश समितिका तर्फबाट प्रदेश २ की अध्यक्ष रेणु यादवले विज्ञप्ति निकालेकी थिइन् भने केन्द्रबाट पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्देशनबाट कार्यालय सचिव अधिकारीले विज्ञप्ति निकालेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस