कर्मचारी समायोजन अध्याधेशको सत्तापक्षबाटै विरोध

काठमाडाैं । राज्य व्यवस्था समितिका सदस्यहरूले कर्मचारी समायोजन अध्यादेश ल्याउन खोज्नु गलत भएको बताएका छन् । संसदको नियमित प्रक्रियाबाटै विधेयक ल्याउन सत्तापक्ष सांसदले माग गरेका हुन् । सरकारले कर्मचारी समायोजन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘अध्यादेशबाट देश चल्नु हुँदैन,’ नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले भने, ‘ल्याउनै हुँदैन भन्ने पनि होइन । किन अध्यादेश ल्याउनुपर्ने हो? यो समितिलाई जानकारी हुनुपर्छ ।’ अध्यादेशमा के व्यवस्था राखेको छ? भन्ने सम्बन्धित मन्त्रालयले जानकारी गराउनुपर्ने उनले बताए। राजधानी बाहिर प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई एक तह बढुवा, तत्काल कर्मचारी व्यवस्थापन गर्न अस्थायी कर्मचारी नियुक्तिलगायतको प्रावधान राखेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । यही बेला समितिले चासो लिँदै छलफल गर्ने भएको छ।

समिति सभापति शशि श्रेष्ठले बुधबार कर्मचारी समायोजन अध्यादेश ल्याउनुको कारण बुझ्न बैठक राखेको बताइन् । कर्मचारीले पनि यस विषयमा छलफल गरिदिन भन्दै दबाब दिइरहेको उनले बताइन् । ‘कर्मचारीले पनि अध्यादेशभन्दा नियमित प्रक्रियाबाट विधेयक आओस् भन्ने चाहेका छन्,’ उनले भनिन्। नेकपा सांसद नवराज सिलवालले पनि अध्यादेश ल्याउने भएपछि सबैले सोच्नुपर्ने बताए । ‘अध्यादेश किन ल्याउनुपर्‍यो रु वास्तविकता थाहा नपाएसम्म धारणा बनाउनु उचित हुँदैन,’ उनले भने । रेखा शर्माले अध्यादेश जारी गर्नु लोकतान्त्रिक विधि नभएकाले ल्याउनु उचित नभएको बताइन्।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले अध्यादेश ल्याउन गलत हुने बताए । ‘अहिले अध्यादेश ल्याउने हो भने सरकारले फेरि पनि विधेयक नल्याउने छाँटकाँट देखायो,’ उनले भने, ‘कानुन नियमित प्रक्रियाबाट नै बन्नुपर्छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस