काठमाडौं। गभर्नर र डेपुटी गभर्नरहरुले भद्र सहमति गरेर ब्याज दर झार्न निर्देशन दिएलगत्तै बैंकर्स संघको बैठकले ब्याज दरमा फेरि भद्र सहमति गरेको छ। राष्ट्र बैकका गभर्नर डा. चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले लामो क्लास लिएपछि बैंकर्स संघले भद्र सहमति गर्ने निर्णय गरेको हो।यसबीचमा कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघाएका बैंकहरुलाई राष्ट्र बैंकले एक पटकलाई जरिवाना नतिराउने भएको छ। यससँगै ब्याज घटाउने सहमति बनेको हो। भोलीदेखि …
पुरा पढ्नुहॊस »टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बाँके । टिप्परको ठक्करबाट बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको ज्यान गएको छ । नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिप्परको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको ज्यान गएको हो । घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको टिप्परले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । चालक गेरुवा गाउँपालिका–३ का ३५ वर्षीय सुनील …
पुरा पढ्नुहॊस »हेर्नुस्, नेपाली निर्माताले बनाएको अंग्रेजी सिनेमा ‘द म्यान फ्रम काठमाडौं’को गीत ‘आकाशै घुमेर’
काठमाडाैँ । नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी सिनेमा ‘द म्यान फ्रम काठमाडौं’को गीत र नेपाल रिलिज मिति सार्वजनिक भएको छ। बिहिबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको गीत, आधिकारिक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक गरिएको हो। यसका अलावा सिनेमाको नेपाली ट्रेलर पनि सार्वजनिक गरियो। घोषणा अनुसार सिनेमा चैत १ गते रिलिज हुनेछ। सिनेमाले सार्वजनिक गरेको ‘आकाशै घुमेर’ बोलको गीतमा प्रमुख कलाकार आना शर्मा र जोसे म्यानुअल फिचर छन्। जेशन कुँवरले …
पुरा पढ्नुहॊस »रेल किन्न सरकारले छुट्टायो ५० करोड बजेट
काठमाडाैँ । सरकारले भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेल किन्न पचास करोड रूपैयाँ बजेट छुट्टाएको छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका अनुसार रेल किन्न एक अर्ब रूपैयाँ लाग्ने अनुमान छ। बिहिबार नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले पहिलो चरणमा सरकारले ५० करोड रूपैयाँ बजेट रेल खरिदका लागि छुट्टाएको जानकारी दिए। भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओली रेल किन्ने पक्षमा उभिएका थिए। बाँस्कोटाले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुर …
पुरा पढ्नुहॊस »छुट्टाछुट्टै सवारी दुर्घटनामा भारतीय नागरिकसहित ३ को मृत्यु, ११ घाइते
बुटवल । रुपन्देही नवलपसी र दाङ्गमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनमा भारतीय नागरिकसहित ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । काँकडभिटाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस नवलपरासीको ४० किलोमिटर भन्ने ठाउँमा दुर्घटना हुँदा भारतको महाराजगञ्ज गुलरिया ग्रामका ३५ बवर्षीया गोरी शंकर धोवीको मृत्यु भएको छ । घटना अन्य १० जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ। घाइतेहरुको बुटवल र नवलरासीको चोरमारा उपचार …
पुरा पढ्नुहॊस »नेकपामा हालसम्म ३४ स्थायी कमिटी सदस्यले राखे धारणा, अधिकांश ओली–प्रचण्डप्रति आक्रामक
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक बिहिबार पनि जारी रह्यो । नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको बैठकमा ८ सदस्यले आ–आफ्नो धारणा राखेका छन् । नेकपा महासमिति विष्णु पौडेलले आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको जानकारी दिए । बैठक शुक्रबार पनि …
पुरा पढ्नुहॊस »नवलपरासी दुर्घटना अपडेट : एकजनाको मृत्यु, २५ जना घाइते
नवलपरासी । कावासोती –१४ मा बिहीबार बिहान भएको बस दुर्घटनामा एकजनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ मा झिनकी भणरिनिया खोलामा खसेको हो । बस खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको ज्यान गएको छ । घाइते मध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइतेहरुको …
पुरा पढ्नुहॊस »जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ
सुर्खेत । जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् । सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो । विशेष अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी …
पुरा पढ्नुहॊस »शिक्षाको रणनीति तय गर्न राष्ट्रिय शिक्षा सम्मेलन
काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न आज काठमाडौंमा राष्ट्रिय शिक्षा सम्मेलन हुँदैछ। बुढानीलकण्ठ स्कूलमा हुने सम्मेलनको उ्दघाटन प्रधानमन्त्री केपी शर्मा वलीले गर्ने तयारी छ। सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत प्रमुख राजीतिक दलका शीर्ष नेता, शिक्षाविद्, शिक्षक, विद्यार्थी र शिक्षासँग सरोकार राख्नेहरुको सहभागिता रहने शिक्षा मन्त्रालय श्रोतले जनाएको छ। सम्मेलन भोली (शुक्रबार) सम्म चल्ने छ। नेपालको संविधान र नयाँ …
पुरा पढ्नुहॊस »अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढायो
काठमाडाैँ । अमेरिकाको केन्द्रीय बैंकिङ्ग प्रणाली द फेडरल रिजर्भले ब्याजदर बढाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको बाबजुद फेडरल रिजर्भले ब्याजदर बढाएको हो । अमेरिकाको केन्द्रीय बैठकका अधिकारीले ब्याजदर ०.२५ प्रतिशतले बढाउने पक्षमा मत दिएका हुन्। अब ब्याजदर २.२५ प्रतिशतबाट २.५० प्रतिशत पुगेको छ । अमेरिकाको केन्द्रीय बैंकले भविष्यमा बिस्तारै ब्याजदर बढ्ने पनि बताएको छ । राष्ट्रपति ट्रम्पले मंगलबार ब्याजदर बढाएर फेरि अर्को गल्ती नगर्न चेतावनी दिएको भोलिपल्ट केन्द्रीय बैंकका …
पुरा पढ्नुहॊस »