विभागले बिक्री गरेको लाइसेन्स प्रदेशले रद्द गर्‍यो

काठमाडाैं । यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेको सवारीचालक अनुमति पत्र प्रदेश सरकारले रद्द गरेको छ।

प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको दुरुपयोग गरी जारी गरिएका सबै लाइसेन्स रद्द गरिएको जानकारी दिएको खबर आजको कारोबार दैनिकमा शिव बोहोराले लेखेका छन्।

ललितपुर एकान्तकुना लाइसेन्स कार्यालयले मंसिर ५ गते विभागको नाममा पत्र लेख्दै कार्यालयको अभिलेख बाहेक विभिन्न मितिमा अनधिकृत ढंगबाट जारी भएका ६ सय ३५ वटा लाइसेन्स रद्द गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस