नेपाल र खनानतिर ढल्किए वामदेव, २१ भाइको मागमा वामदेवको साथ

काठमाडाैं । नेकपाका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन्। बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले २१ केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटिको बैठक बोलाउन र पोलिटव्युरोको गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेबारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णु पौडेलमार्फत् अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए।

बैठकमा नेता गौतमले २१ केन्द्रीय सदस्यले उठाएको माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेका छन्। २१ केन्द्रीय सदस्यको मागमा बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको पनि साथ छ। तर अध्यक्षद्वय ओली र प्रचण्ड भने केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटव्युरो गठन गर्ने पक्षमा छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस