मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन भनेपछि नेपाली युवा निरास

काठमाडाैं । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ। कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झण्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अबस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरेको हो।

तर नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको अबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्। श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापूर्वक अघि वढ्ने बताए।

कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसिया कामदार पठाउने मामिलामा गुपचुप छ। यसबाट मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास भएका छन्।

एमओयुपछि नेपाल मलेसिया संयुक्त कार्यदल जेडब्लुजीले समेत मलेसियामा रोजगारीका लागि जाने प्रक्रियाबारे टुंगो लगाईसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस