पहिलो पटक कार्यान्वयनमा आयो सरकारले तोकेको धानको मूल्य

काठमाडाैं । खाद्य संस्थानले धानको समर्थन मूल्य पहिलो पटक कार्यान्वयन गरेको छ। गत मंगलबार संस्थानको सञ्चालक समितिले समर्थन मूल्य पारित गरेपछि कार्यान्वयनका लागि बाटो खुलेको हो।

संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार संस्थानले इतिहासमै पहिलो पटक कार्यान्वयन गरेको हो। ‘दुई वर्षअघि सरकारले समर्थन मूल्य तोकेको थियो । बजार भाउभन्दा अस्वाभाविक थियो । बढी मूल्यमा खरिद गरेर दुगर्ममा बिक्री गर्न समस्या भयो,’ गौचनले भने, ‘जसले गर्दा कार्यान्वयन हुन सकेको थिएन।’

हाल धान खरिद र बिक्रीबीचको अन्तर मूल्य अर्थले व्यर्होने जनाएपछि संस्थानले सरकारकै मूल्यमा किन्न थालेको खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्। सरकारले हिउँदे धान मोटाको न्यूनतम मूल्य प्रतिक्विन्टल २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यमको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको छ । उक्त मूल्यमा खरिद गर्ने निर्णय गरेको हो।

गौचनका अनुसार धान खरिद गर्नका लागि जिल्लामा प्राथमिक खरिद समिति गठन गरिएको छ । समितिको अध्यक्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन्छन् । सदस्यमा कृषि कार्यालय प्रमुख, कृषि कार्यलयले तोकेको कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुख सदस्य सचिव हुन्छन्।

महाप्रबन्धक गौचनका अनुसार कात्तिक अन्तिम सातादेखि भारतले धानको खरिद मूल्य बढाएको छ । सीमा नाकामा प्रतिक्विन्टल २ हजार ७ सयदेखि २ हजार ८ सय रुपैयाँसम्म पर्छ । सीमा क्षेत्रमा मूल्य बढेकाले धान भारत जान सक्ने सम्भावना उच्च रहेको उनले बताए । चालु आर्थिक वर्षमा जुम्लाबाट भने खरिद हुने छैन । गत आर्थिक वर्षमा १ सय टन खरिद गर्ने योजना बनाए पनि खरिद गर्न सकेन । जसले गर्दा चालु आर्थिक वर्षबाट कार्यक्रम नै हटाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस