लोक दोहरीमा तानिए श्रोताः भाइरल बन्दै ‘सालको पात टपरी’

काठमाडाैं । अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ ‘सालको पाट टपरी’। बालबालिकादेखि बृद्धबृद्धासम्मको मुखमा झुण्डिन सफल यो गीत सबैभन्दा वढी तिहारमा गुञ्जियो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

गीतको युट्युब भ्युज बढ्दो छ। दुई महिनाको अबधिमा भ्युज ७१ लाखभन्दा वढी पुगिसकेको छ। गीतले सोचेभन्दा बढी चर्चा पाएपछि गायक, गायिका, संगितकार, रचनाकार र मोडल दंग छन्। कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतको रचनाकार नवराज पन्त हुन्। वसन्त थापाले संगित भरेको भिडियोमा कुलेन्द्र, बसन्तसँगै नायिका मरिस्का पोखरेलले अभिनय गरेका छन्।

‘गीतमा टिपिकल शव्द छन्,’ कुलेन्द्रले भने, ‘बसन्तजीले गीतलाई मोर्डन संगितमा ढालेर सबैलाई मनपर्ने बनाउनु भएको छ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री