News desk

झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडाैं ।  झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । आगलागीमा परी झापा शिवगञ्ज नगरपालिका-७ का ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीय छोरा चन्द्र खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको मृत्यु भएको हो । उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट जस्ताले छाएको दुई तले …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकलाई ऋणपत्र बिक्रीको स्वीकृति

काठमाडाैं । पछिल्ला दिनमा ऋणपत्रको बिक्री वितरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएका बैंकहरुको भीडमा सिद्धार्थ बैंक पनि थपिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त बैंकलाई २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको छ । बैंकले १० दशमलव ५ प्रतिशत व्याजदरमा सात वर्षका लागि ‘एसबिएल डिवेन्चर २०८२’ बिक्री गर्ने अनुमति पाएको हो । बैंकले ऋणपत्र बिक्रीका लागि बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बैंकले प्रति ऋणपत्र …

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

काठमाडाैं । नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा तीन लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ । बैंकले २५ हजार रुपैयाँको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात, मिर्गौला …

पुरा पढ्नुहॊस »

जग्गा रजिष्ट्रेसन गराउने महिलाको संख्या घट्यो

गुल्मी । जिल्ला मालपोत कार्यलय गुल्मीमा महिलाको नामबाट जग्गा रजिष्ट्रेसन गराउँदा सरकारले छुट दिए पनि महिलाको नाममा जग्गा रजिष्ट्रेसन गराउने महिलाहरूको संख्या घट्दै गएको छ। आर्थिक वर्ष ०७३/७४ देखि हालसम्मकै तथ्यांक हेर्दा पनि लगातार रूपमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन गराउनेको सङ्ख्या घटेको पाइएको हो। आर्थिक वर्ष २०७५/७६  मा कुल १०८ महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराए। जसमध्ये ग्रामिण क्षेत्रका महिला ७२ र शहरी क्षेत्रका महिला ३६ जना महिलाले आफ्नै नाममा जग्गा रजिष्टेशन गराएको जिल्ला …

पुरा पढ्नुहॊस »

क्यान्सर निको भएकाहरुको ‘फेशन शो’ हुने

काठमाडौं । नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिहरुलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक फेशन सो र नृत्य कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितात्मक रहने बताइएको छ । आगामी पुस २७ गते अर्थात् ११ जनवरी २०१९ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प शो’ नाम दिइएको सो फेशन शो तथा नृत्यमा क्यान्सर निको भएर नयाँ जीवन बिताइराखेका …

पुरा पढ्नुहॊस »

बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पोको आज अन्तिम दिन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो जारी छ । आजसम्म चल्ने एक्स्पोमा तीन लाख रुपैयाँमै घर निर्माण गर्ने अफरसमेत केही कम्पनीले ल्याएका छन् । घर निर्माणको सम्पूर्ण समाधान एकै थलोमा प्राप्त गर्ने यस्तो मौका फेरि नआउन सक्ने भन्दै आयोजकले मेला अवलोकनका लागि आग्रह गरेको छ। नवीनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले आयोजित मेलामा अहिलेसम्म एक लाख जनाले अवलोकन गरिसकेका छन् । मेला …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले माग्यो प्रमुख कार्यकारी अधिकृत, तलब कति?

काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया सुरु गरेको छ । लीलाप्रकाश सिटौलाको कार्यकाल आगामी २७ गते सकिने भएपछि बैंक सञ्चालक समितिले नयाँ सिइओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न खोजेको हो । बैंकले मंसि आह्वान गरेको छ । इच्छुक आवेदकले व्यावसायिक कार्ययोजना सहित आवेदन दिनु पर्ने हुन्छ । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यापार, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ । चार्टर्ड एकाउन्टेन्ट गरेकाको हकमा …

पुरा पढ्नुहॊस »

‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’

काठमाडौं । ‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष संसारभर नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ । अभियानका क्रममा विभिन्न संघ संस्थाले पदयात्रा, अन्र्तक्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम आयोजना गर्दैछन् । अभियानका अवसरमा राष्ट्रिय महिला आयोगले दुई दिनसम्म सातै प्रदेशका सांसद्, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकासमन्त्री, सचिव …

पुरा पढ्नुहॊस »

नेकपा शीर्ष नेतामा मतभेद : कुन नेता कता ?

काठमाडाै‌ । नेकपा सचिवालय बैठकमा पोलिटब्युरो गठन पहिले कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्नेमा शीर्ष नेताहरूको मत बाझिएको छ। अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालको मत फरक–फरक आएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। ओली र प्रचण्ड केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने नेपाल र खनालले पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा टुंग्याएर मात्र कार्यविभाजन गर्नुपर्ने मत राखेका छन् । …

पुरा पढ्नुहॊस »

जव गम्भीर घाइते बालकले रुँदै आमा खोजे…

काठमाडाै‌ । राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ । दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक आमा, आमा भन्दै रोइरहेका छन्। गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भयो । संयोगले उनका छोरा नवीन बाच्न सफल भए। नवीनलाई दुर्घटनामा परी आमा कहिल्यै नफर्कने गरी गएको थाहा छैन । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ। त्यसैले, बेडमा रुँदै खोजिरहेका …

पुरा पढ्नुहॊस »