News desk

पाँच महिनादेखि तलब नदिएको भन्दै शिक्षक आन्दोलनमा

काठमाडाैं । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ। नगरपालिकाले विगत पाँच महिनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो। नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन्। आफूहरुले पटक–पटक नगरपालिकामा समस्या राखे पनि सुनुवाइ नभएकाले ‘पेनडाउन’ गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन्। उधारोमा धेरै काम …

पुरा पढ्नुहॊस »

१ सय २६ घण्टासम्म नाचेर नेपाली चेलीले राखिन् विश्व रेकर्ड

काठमाडौं । १७ वर्षीया नेपाली किशोरी बन्दना नेपालले १ सय २६ घण्टासम्म निरन्तर नाचेर विश्वकै सबैभन्दा लामो समय नाच्नसक्ने एकल व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्ड बनाएकी छन् । गत नोभेम्बर २३ शुक्रबार नाच्न सुरु गरेकी उनी २८ नोभेम्बरसम्म निरन्तर नाचिरहेकी थिइन् । गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि, मिडिया, परिवारका सदस्य र आफन्तका बीच उनी काठमाडौंको एक रेष्टुरेण्टको हलमा नेपाली संगीतको तालमा नचेकी हुन् । भारतकी कलामन्डलम हेमलथाले यसअघि सन् २०११ मा १ …

पुरा पढ्नुहॊस »

टीकापुरमा किशोरी मृत भेटिइन्, हत्या कि अात्महत्या?

काठमाडाैं । टीकापुर नगरपालिका-१ ब्लक नम्बर १६ मा १६ वर्षीया  पूजा थापा मृत अवस्थामा भेटिएकी छन् । मावली घरमा बज्यै तुलसी रावलसँगै बस्दै  कक्षा १२ मा अध्ययन गरिरहेकी थापा बिहीबार बिहान १० बजेतिर टीकापुरको ब्लक नं. १२ मा हजुरआमालाई भेटन गएकोमा शुक्रबार बिहान  मृत फेला परेकी हुन् । उनी बस्ने घरदेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको एक निर्माणाधीन घरको नजिकै खुल्ला चौरमा शव रहेको र किशोरीको मोबाइल, ज्याकेट चप्पल उक्त …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ । शुक्रबार (अाज) देखि काठमाडाैंमा सुरु हुने एसिया प्याशिफिक सम्मेलनका लागि नेपाल अाएकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ । राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएकाे थियाे । भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएकाे बताइएकाे छ । युनिभर्सल पीस फेडेरेसनले अायाेजना गरेकाे उक्त सम्मेलन काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म हुँदैछ । सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । विदेशी पाहुनाहरुको …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा ११ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कर सहित चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बिहीबार सम्पन्न बैंकको ३०३औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । सभाले पारित गरे पश्चात कम्पनीले उक्त पुँजीको रकमका आधारमा …

पुरा पढ्नुहॊस »

अरुण तेस्रो जलविद्युत्ः निर्माण सामग्री भारतबाट नल्याउन माग

विराटनगर । अरुण तेस्रो आयोजनाका लागि भारतीय निर्माण कम्पनीले गिट्टी र बालुवाबाहेक सबै सामग्री भारतबाटै आपूर्ति गर्ने भनिएपछि यहांँका उद्योगी एवं व्यवसायीमा उत्साह कम देखिएको छ । नेपाल सरकार, परियोजना विकासकर्ता एसजेभिएन र अरुण–३ पावर डेभलप्मेन्ट कम्पनी प्रालि९एसएपिडिसी०ले संयुक्त रुपमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले योजनामा लाग्ने सामग्री स्वदेशमै उत्पादन भएको गुणस्तरीय भएकाले सोको प्रयोग हुनुपर्नेमा जोड दिए । नेपालमा उत्पादन भएको सिमेन्ट र स्टिल गुणस्तरयुक्त …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बुढीबजारमा

काठमाडाैं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय पोखरा महानगरपालिका २६ बुढीबजारमा संचालनमा आएको छ । शाखाको बैंका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले एक समारोहकाबीच उद्घाटन गरे ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

पुरा पढ्नुहॊस »

जलवायु परिवर्तनले संसारभरका मानिस उच्च तापको जोखिममा

काठमाडाैं । जलवायु परिवर्तनले विश्वभरका मानिस अत्यधिक तापको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनले मुटु तथा किड्नी रोगको खतरा बढेको, तनाव बढाएको र अन्य तापसँग सम्बन्धित मृत्यु निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । वैज्ञानिकहरूल बिहीबार एक अनुसन्धान सार्वजनिक गर्दैै जलवायु परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष असर गरेको बताएका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । विश्वव्यापी तापक्रम वृद्धि सहरका बासिन्दा र दीर्घरोगीका लागि बढी जोखिमपूर्ण रहेको अध्ययनमा जनाइएको …

पुरा पढ्नुहॊस »

मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण ठप्प

पर्वत । आयोजनामा कार्यरत मजदुरको आन्दोलनका कारण पर्वतमा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य रोकिएको छ। आयोजनाको सुरुङमा विष्फोटनका लागि माटोको लोला भर्ने काममा संलग्न ६ जना मजदुरलाई निष्कासन गरेकोमा विरोध जनाउँदै मजदुरले काम ठप्प पारेका हुन् । औधोगिक घरना चौधरी ग्रुपले निर्माण गरिरहेको १५.०१ मेगावाट क्षमताको उक्त आयोजनाको काम बुधबारदेखि रोकिएको हो । आन्दोलनरत मजदुर युनियनले निष्कासन गरिएका ६ जना महिला कामदारलाई  पुनर्बहाली गर्नुपर्ने र उनीहरूको पुनर्बहाली नभएसम्म काम हुन …

पुरा पढ्नुहॊस »

क्रिश्चियन गुरुआमाबाट आशीर्वाद लिँदै प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय उच्च पदस्थ जोडी

काठमाडाैं – एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ। समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ। त्यसपछि उनीहरू मुन परिवारको अंग बन्ने संभावना रहने’ आयोजकको दाबी छ भनेर आजको कान्तिपुरदैनिकमा घनश्याम खड्काले खबर लेखेका छन्। ‘यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका …

पुरा पढ्नुहॊस »