राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ । शुक्रबार (अाज) देखि काठमाडाैंमा सुरु हुने एसिया प्याशिफिक सम्मेलनका लागि नेपाल अाएकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ ।

राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएकाे थियाे । भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएकाे बताइएकाे छ । युनिभर्सल पीस फेडेरेसनले अायाेजना गरेकाे उक्त सम्मेलन काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म हुँदैछ ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । विदेशी पाहुनाहरुको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था सुदृढ पारिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ …

प्रतिकृया दिनुहॊस