News desk

शान्ति स्थापनाको लागि पहल गरिरहेका छौं : सुकी

काठमाडाैं । म्यानमारकी स्टेट काउन्सिलर आङ साँङ सुकीले शान्ति स्थापनाको लागि सरकारले पहल गरिरहेको बताएकी छन् । एसिया प्यासिफिक समिटलाई सम्बोधन गर्दै सुकीले यसको लागि विश्व समुदायले सहयोग गर्ने अपेक्षा राखिन् । उनले एसिया प्रशान्त क्षेत्रले यतिबेला ब्यापारका विभिन्न चुनौतिहरु समाना गरिरहेको बताइन् । विश्व अन्तनिर्भर भइरहे पनि विश्व यस्ता समस्यामा जुधिरहेको उनले बताइन् ।

पुरा पढ्नुहॊस »

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने महिला पक्राउ

काठमाडाैं । क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग एक करोड ३७ लाख रूपैयाँ ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग २२ लाख, दोलखाका सुदीन खड्कासँग २७ …

पुरा पढ्नुहॊस »

अमेरिकी पूर्वराष्‍ट्रपति जर्ज बुसको निधन

काठमाडाैं । अमेरिकाका पूर्वराष्‍ट्रपति जर्ज बुसको ९४ वर्षको उमेरमा निधन भएको छ । बुसका छोरा तथा पूर्वराष्‍ट्रपति जर्ज डब्लु बुसले आफ्ना बाबुको निधन भएको सार्वजनिक जानकारी दिएका हुन् । स्वर्गीय बुस २० जनवरी १९८९ देखि २० जनवरी १९९३ सम्म अमेरिकाको ४१ औं राष्‍ट्रपति थिए । म्यासाचुसेट्सको मिल्टनमा १२ जुन १९२४ मा जन्मिएका बुसकी पत्‍नी बारबाराको गत अप्रिलमा निधन भएको थियो । स्वर्गीय बुसका ६ सन्तानमध्ये जेठा जर्ज डब्लु बुस अमेरिकाको …

पुरा पढ्नुहॊस »

एशिया प्रशान्त सम्मेलन शुरु, यस्तो आयो प्रधानमन्त्रीको सम्बोधन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् । आजदेखि काठमाडाैंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन-२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भएपनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन …

पुरा पढ्नुहॊस »

दार्चुलाका विद्यार्थीले ड्रोन क्यामरा बनाएर उडाए

दार्चुला । महाकाली नगरपालिका- ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् ।  सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् ।  आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि उनले सबैको …

पुरा पढ्नुहॊस »

अमेरिकाको अलास्कामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडाैं । अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । अलास्काको ठूलो शहर एंकरएजबाट ११ किलोमिटर उत्तरमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण मानिसहरु आफ्ना घरबाट बाहिर निश्किएका छन् । लगातार गएका परकम्पले थप त्रसित बनाएको छ । एंकरएजमा झण्डै तीन लाख मानिसको बसोबास छ ।भूकम्पको केन्द्र रहेको क्षेत्रमा झण्डै एक लाख मानिसको बसोबास रहेको बताइएको छ । नेपाली समय अनुसार …

पुरा पढ्नुहॊस »

कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा कार्डिफ सिटी विजयी भएको छ । उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन र जुनियर होइलटले गोल गरे । खेलमा अग्रता भने उल्भरह्याम्टनले लिएको थियो । १८ औं मिनेटमा म्याट डोकर्टीले गोल गर्दैसुरुवाति अग्रता दिलाए । तर दोस्रो हाफमा कार्डिफ खेलमा फर्कियो । उसका लागि गुनार्सनले ६५ …

पुरा पढ्नुहॊस »

अलोकप्रिय सू ची र हुन सेन खोज्दैछन् नेपालको साथ

काठमाडाैं । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी म्यानमारकी विदेश मन्त्री आङसाङ सू चीले विश्वमञ्चमा नेपाललाई आफ्नो पक्षमा पार्न पहल गरेकी छन्। कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पनि विश्वमञ्चमा नेपालको साथ खोजेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्। उनीहरुले औपचारिक छलफल मात्रै होइन, दुई पक्षीय सम्झौता समेत गरी विश्व मञ्चमा नेपालको साथ चाहेका हुन्। लामो समयदेखि लोकप्रिय रहेकी सू ची अहिले रोहिंग्या शरणार्थी शरणार्थी समस्याका कारण …

पुरा पढ्नुहॊस »

आफन्तको नाममा अपार्टमेन्टः अकुत सम्पत्तिमा तानिँदै खड्का

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ। अख्तियारको विस्तृत अनुसन्धान दायरामा रहेका खड्काको वैध आर्जनको तुलनामा उनले आर्जन गरेको सम्पत्तिको हिस्सा वढी भेटिएको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्। अबको एक\दुई साता भित्रै खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी छ। आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका …

पुरा पढ्नुहॊस »

नेपाल आइडलबाट सबैलाई रूवाउँदै बाहिरिए पवन

काठमाडाैं । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन् । औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए । उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठकलाई संगीतको यो महासंग्राम जित्ने हतारो छ । नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन् …

पुरा पढ्नुहॊस »