काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै सम्बोधन स्थगित भएको थियो। प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। दिउँसो १ बजे बस्ने प्रतिनिधीभसभाको बैठकमा प्रधानमन्त्री सम्बोधन गर्ने तय भएको अधिकारीको भनाइ छ। त्यस्तै आजको कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले जीवनासक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि …
पुरा पढ्नुहॊस »सातामा डेढ अर्बको सेयर कारोबार
काठमाडौं। सातामा १ अर्ब ६१ करोड ७७ लाख ३ हजार ६६० मूल्यबराबरको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा गत साता बजारमा कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । साताको पहिलो दिन १ हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन (१९ पुस) सम्म २६ बिन्दुले घटेर १ हजार १७८ दशमलव शून्य एक बिन्दुमा झरेको छ । गत साता कुल १६८ कम्पनीको ४६ …
पुरा पढ्नुहॊस »वाइडबडी प्रकरणः सचिव राईलाई ‘जोगाउने खेल’
काठमाडौ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने’ खेल सुरु भएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरूले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् । सांसदको विरोधपछि प्रतिवेदन संशोधन गरी राईको नाम हटाउने तयारी भएको छ । निगम, कर्मचारी सञ्चय कोष तथा अख्तियार स्रोतबाट प्राप्त …
पुरा पढ्नुहॊस »जर्मनीमा भएको साइबर आक्रमणमा रुसको हात रहेको शंका
जर्मनी । जर्मनीमा भएको साइबर आक्रमणमा रुस तथा दक्षिणपन्थी समूहको हात रहेको शंका गरिएको छ । आक्रमणमा रुस र दक्षिणपन्थी समूहको हात रहेको शंका गरिए पनि त्यसको प्रमाण भने अहिलेसम्म नभेट्टाइएको जर्मनीको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार भएको साइबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयाैँ नेता, पत्रकार तथा फरक–फरक क्षेत्रका व्यक्तिको व्यक्तिगतजानकारी सार्वजनिक भएको थियो । जर्मनीको साइबर सुरक्षा हेर्ने निकायले भने आफ्नो देशमा भएको र्साबर हमलाको बचाउ गरेको …
पुरा पढ्नुहॊस »आर्सनलको जितमा युवा स्टार जो र एलेक्सको गोल, पुग्यो चौथो चरणमा
काठमाडाैँ । आर्सनल एफएक कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा ब्ल्याकपुलमाथि ३–० को जित निकाल्दै आर्सनलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा जो विलोकले दुई तथा एलेक्स इओबीले एक गोल गरे । १९ वर्षका विलोकले ११ र ३७ मिनेटमा गरी पहिलो हाफमा नै दुई गोल गरेका हुन् । यस्तै ८२ औँ मिनेटमा इओबीले गोल गरेपछि आर्सनल …
पुरा पढ्नुहॊस »तमोर नदीमा ट्याक्टर खस्दा चालकको मृत्यु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धरानबाट पाँचथर जाँदै गरेको को२त ७८५३ नम्बरको ट्याक्टर दिउँसो करीब ३ बजे डुम्रेमा पल्टिएको हो। दुर्घटनामा परी ट्याक्टर चालक सिरहा करजना–५ का ३० वर्षीय सञ्जिव पासवानको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान लिएर जाँदै गरेको ट्याक्टर सडकबाट करीब ५० मिटर तल तमोर नदी किनारमा खसेको हो।
पुरा पढ्नुहॊस »लोकसेवासम्बन्धी कानुन सातै प्रदेशमा पठाउँदै सरकार
काठमाडौं । सरकारले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐन यथाशक्य चाँडो सातै प्रदेशमा पठाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा आयोगसँग समन्वय गरी तयार पारेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । राष्ट्रिय सभाबाट सो विधेयक प्रतिनिधिसभामा जानेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश लोकसेवा आयोगको मापदण्डसम्बन्धी विधेयकलाई स्वीकृत गराइ …
पुरा पढ्नुहॊस »गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव सङ्कलन
काठमाडाैँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छ। बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबाट सुझाव सङ्कलन गरेको हो। छलफलका क्रममा म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव सङ्कलन गरिएको छ। सहभागीले म्याग्दीको पर्यटन, जलविद्युत्, कृषि, पशुपालन र …
पुरा पढ्नुहॊस »हराएको दश वर्षपछि भेटिए बाजराका लुहार
बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि भेटिएका छन्। नौ वर्षको उमेरमा २०६५ भदौ १२ गते बेवारिसे अवस्थामा फेला पारिएका लुहारलाई जिल्ला बाल कल्याण समितिका तत्कालीन बालअधिकार अधिकृत सर्पलाल गिरीको पहलमा उद्धार गरी केन्द्रीय बाल कल्याण समिति ,काठमाडौँमा बुझाइएको थियो। उनको काठमाडौँमै पालनपोषण भएको थियो। जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टीमा नागरिकता वितरणका लागि घुम्ती शिविर आयोजना गरेको थाहा पाएपछि बाजुरा घर …
पुरा पढ्नुहॊस »मेलम्ची अनिश्चयतिर बनाउन खानेपानी सचिवले गरे धरौटी जफत
काठमाडौं । मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट बिहीबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराए । सचिव ठाकुरको यो कार्यले मेलम्ची झन अन्योलतातर्फ धकेलिएको छ । खानेपानी सचिव र आयोजना प्रमुखले समयमै भुक्तानी गरेको भए मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीले आगामी …
पुरा पढ्नुहॊस »