टीकापुरमा किशोरी मृत भेटिइन्, हत्या कि अात्महत्या?

काठमाडाैं । टीकापुर नगरपालिका-१ ब्लक नम्बर १६ मा १६ वर्षीया  पूजा थापा मृत अवस्थामा भेटिएकी छन् । मावली घरमा बज्यै तुलसी रावलसँगै बस्दै  कक्षा १२ मा अध्ययन गरिरहेकी थापा बिहीबार बिहान १० बजेतिर टीकापुरको ब्लक नं. १२ मा हजुरआमालाई भेटन गएकोमा शुक्रबार बिहान  मृत फेला परेकी हुन् ।

उनी बस्ने घरदेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको एक निर्माणाधीन घरको नजिकै खुल्ला चौरमा शव रहेको र किशोरीको मोबाइल, ज्याकेट चप्पल उक्त घरभित्र भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । मृतकका बुवा हर्कबहादुर थापा  र आमा कामको शिलशिलामा भारतमा रहको आफन्तले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस