News desk

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

चितवन । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए। बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले वृद्धलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिए। ती किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको गराउने आश्वासनमा घरमा …

पुरा पढ्नुहॊस »

भरतपुरमा नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ

काठमाडाैँ । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका-१० हाकिमचोकका विष्णु पौडेलको जमिन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए। पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो। सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा प्रदेश लोकसेवा विधेयक पेश गर्दै

काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार मध्यान्ह एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लागेका हुन । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ । यस्तै, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयकलाई दफावार …

पुरा पढ्नुहॊस »

४७ मालपोत कार्यालयमा अनलाइन सेवा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ। उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सो सेवा उपलब्ध गराएको हो। मन्त्री पद्मा अर्यालले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रयोगमा ल्याइएको अनलाइन सेवाले देशभरको जग्गाजमीनका करिब ७५ प्रतिशत कारोवार समेट्ने बताइन्। अनलाइनमा व्यवस्थित गरिएका …

पुरा पढ्नुहॊस »

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफले जेलमा आफै कुचो लगाउनेदेखि भूइँ पुछ्नुपर्ने

काठमाडाैँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले जेलमा आफ्नो ब्यारेकमा कुचो लगाउनेदेखि भूइँ पुछ्नेसम्मको काम आफैले गर्नुपर्ने भएको छ । आरामदायी जीवन बिताएका पूर्व प्रधानमन्त्रीले यस्तो दिन आउला भनेर कल्पनासमेत गरेका थिएनन् सायद । पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री शरीफले जेलमा आफैले सरसफाइ गर्नुपर्नेछ । उनले सरसफाइका लागि एकजना सहयोगी उपलब्ध गराइदिन माग गरेका थिए । तर पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले शरीफलाई यो सुविधा दिन अस्वीकार गरेको हो । पूर्वप्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

विदेशी मुद्राको आजको विनिमयदरः डलरदेखि कतारी रियालसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ १ पैसा रहेको छ  । यस्तै बिक्रीदर ११२ रुपैयाँ ६१ पैसा रहेको छ । युरो एकको खरिददर १२७ रुपैयाँ १८ पैसा हुँदा विक्रिदर १२७ रुपैयाँ ८७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ७८ रुपैयाँ ३९ पैसा रहेो छ । यस्तै कतारी रियाल एकको खरिददर …

पुरा पढ्नुहॊस »

कता हरायो सुन तस्करी प्रतिवेदन? सरकार भन्छ- खाेइ!

काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन। उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए। अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन्। संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ? त्यसमा के भइरहेको छ? गृह मन्त्रालयमा बुझ्दा प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘यसबारे प्रधानमन्त्री कार्यालयमा बुझ्नुहोला। प्रतिवेदन प्रधानमन्त्रीज्यूलाई बुझाइएको हो।’ प्रधानमन्त्री कार्यालयमा सम्पर्क …

पुरा पढ्नुहॊस »

यसकारण अलपत्र परे ११ हजार सरकारी आयोजना

काठमाडाैँ । सरकारले सशर्त अनुदानमार्फत प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ हजार आयोजना अलपत्र अवस्थामा छन्। आयोजना सञ्चालनबारे कुनै मोडालिटी नहुँदा प्रदेश सरकारमा हस्तान्तरण गरिएका खुद्रे भनिने यस्ता आयोजनाहरू अलपत्र भएका हुन्। स्थानीय तहमा पनि यस्तो समस्या भयावह अवस्थामा रहेको बताइएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा सशर्त अनुदानमार्फत प्रदेश सरकारलाई ३३ अर्ब १३ करोड ५५ लाख रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ९ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

विशिष्ट व्यक्तिका लागि भन्दै फेरि चार हेलिकप्टर किन्दै सरकार

काठमाडाैँ । नेपाली सेनाले ४ वटा हेलिकप्टर विशिष्ट तथा अतिविशिष्ट व्यक्तिका लागि मात्रै तयारी हालतमा (स्ट्याण्डबाइ) रहने गरी दीर्घकालिन हवाई योजना तयार पारेको छ।राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी छुट्टै हेलिकप्टर खरिद गरिसकेको सरकारले विशिष्ट व्यक्तिका लागि भन्दै थप हेलिकप्टर किन्न लागेको हो। सोही योजनाअनुसार सेनाले यसको खाका तयार पारेको हो। सैनिक हवाईसाधनलाई भीभीआईपी(मध्य एयरबेस (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल), पूर्वी एयरबेस (विराटनगर) र पश्चिम एयरबेस (सुर्खेत) अन्तर्गत विकेन्द्रीकरण गर्दै सेनाले राष्ट्रपति, …

पुरा पढ्नुहॊस »

मेलम्चीको पानी आउँदै, धमाधम डिप ट्युबवेल खनिँदै

काठमाडौं  ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले हरेक वर्ष पाँचवटाजति नयाँ डिप ट्युबवेल बनाउने गर्छ। ९० वटा डिप ट्युबवेल सञ्चालन गर्दै आएको केयुकेएलले यो वर्ष पनि नयाँ ट्युबवेल खन्ने काम जारी राखेको छ। उपत्यकामा पानी अभावका कारण नयाँ ट्युबवेल बनाउनुपर्ने माग अत्यधिक रहेको उसले जनाएको छ। तर, सञ्चालन भएरहेको र नयाँ बन्दै गरेका ट्युबवेलको पानी मेलम्चीको पानी काठमाडौं आएपछि सञ्चालन गर्न सजिलो नरहेको केयुकेएलले जनाएको छ। नयाँ पाइपलाइनबाट शुद्धीकरण …

पुरा पढ्नुहॊस »