Tag Archives: featured

देव : विकास बैंकको नयाँ एटिएम भाटभटेनीमा

काठमाडौं । देव : विकास विकास बैकले भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ । एनईपिएस् संञ्जालमा आवद्ध उक्त इएमभि प्रविधिको मेशिनमा भिजा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटिएम कार्डहरु प्रयोग गर्न सकिने छ । साथै देव : विकास बैकबाट जारी इएमभि भिजा कार्डहरु अन्य बैंकहरुको भिजा नेटवोर्कमा आवद्धहरूले एटिएममा प्रयोग गर्दा कारोबार शुल्क नलाग्ने व्यवस्था रहेको छ ।

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकका नव निर्वाचित अध्यक्षद्वारा सपथ ग्रहण

काठमाडौं । माछापुछ्रे  बैंकले बसेको बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका डा. बिरेन्द्रप्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको उक्त साधारण सभाबाट रोशन के. सी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए । बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत …

पुरा पढ्नुहॊस »

धनगढीमा सिटिजन्स बैंकले स्थापना गर्यो प्रदेश नं ७ को प्रादेशिक कार्यालय

धनगढी  ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं  ७ को प्रादेशिक कार्यालय  धनगढीमा  स्थापना गरेको छ । प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरु (बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल)बाट व्यापार विस्तारका एवंम शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयलकाे  काम सम्पादन गर्ने बैंकले जनाएको छ। प्रदेश नं ७ मा रहेका ९ जिल्लामध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको अनलाईन बैकिङ्ग सेवा बाराको बरियापूरमा

काठमाडौं ।   कृषि विकास बैंकले अनलाईन बैकिङ्ग सेवा बाराको बरियापूरमा सुरुवात गरेको छ । उक्त  सेवाको औपचारिक उद्घाटन  बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव र भू.पु.सांसद शिवचन्द्र प्रसाद कुशुवाबाट संयूक्त रुपमा गरे।  समदुघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउंदै यो बैंक स्थानीय जनताको चाहान अनुरुप यस शाखालाई पूर्णरुपमा आधुनिकीकरण गरियो ।

पुरा पढ्नुहॊस »

आईएमई लाइफ इन्स्योरेन्सको शाखा बेनी र कुश्मामा

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरे । सो अवसरमा बोल्दै डा. अर्यालले न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको …

पुरा पढ्नुहॊस »

एसबिआई बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट तथा विगत वर्षका नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा पुस ३० गते भद्रकालीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दै छ । यस्तो …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ४२ करोड बोनस शेयर दिने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ बराबरको बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकको सत्रौं वार्षिक साधारण सभाले उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । साधारण सभाले बैंकको चुक्ता पुँजी ८अर्व ४६ करोड ४३ लाख ८५ हजार २ सय ७६ को ८।१६ प्रतिशतका दरले हुने ६९ करोड ०६ लाख ९३ हजार ८ सया ३८ नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा …

पुरा पढ्नुहॊस »

टिच फर नेपाललाई सन्राइज बैंकको सहयोग

काठमाण्डौं । सन्राइज बैंक लिमिटेडले टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख आर्थिक सहयोग गरेको छ । शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने टिच फर नेपालको उद्देश्यलाई बैंकले सम्मान गर्दै सहयोग गरेको जनाएको छ । टिच फर नेपालले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकको नयाँ शाखा पाँचथरको तुम्वेवा गाँउपालिकामा

काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको तुम्वेवा गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालय तुम्वेवाको उद्घाटन गरेका हुन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा कालिकोेटमा राहत वितरण

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोेट जिल्लाको पलाँता गाउँपालिका १ खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैंकले यही पुष ८ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो । आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्देश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो । उक्त राहत सामाग्रीहरुको …

पुरा पढ्नुहॊस »