Tag Archives: featured

“बेटी पढाउ, बेटी बचाउ” अभियानमा प्रभु बैंकको सहकार्य

काठमाडौं । प्रदेश नं. २ स्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडकाबीच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । २ नं. प्रदेशस्तरीय मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खड्गीले उक्त सम्झौतामा हस्ताक्षर गरी मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो । सम्झौता अनुसार पहिलो चरणमा प्रदेश …

पुरा पढ्नुहॊस »

लघुवित्तले विदेशी मुद्रामा ऋण लिन पाउने

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघु वित्त संस्थाले विदेशी बैंक तथा वित्तीय संस्था वा अन्य संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ । बैंकले आज लघु वित्त वित्तीय संस्थाले परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्थासम्बन्धी व्यवस्थाका सम्बन्धमा आज एक सूचना प्रकाशित गरी विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र, लघु उद्यम तथा व्यवसाय, लघु जलविद्युत् तथा नवीकरणीय ऊर्जा, रोजगारी तथा स्वरोजगारी सिर्जनामार्फत आयआर्जन, गरिबी निवारणका …

पुरा पढ्नुहॊस »

युनिभर्सल पावरले सर्वसाधारणलाई ८६ लाख ७४ हजार कित्ता आइपीओ बेच्ने, माघ २५ देखि खुल्दै

काठमाडौं । युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकले बढायो नाफा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नाफामा १६ करोड वृद्धि गरेको छ । बैंकले २०७४ पुसको तुलनामा ७५ पुस मसान्त अवधीमा आफ्नो नाफा १६ करोडले बढाएर ६७ करोड पुर्याएको हो । २०७४ पुस मसान्तमा बैंकको नाफा ५१ करोड मात्रै थियो ।  बैंकले असोजदेखि पुस मसान्त अवधीमा निक्षेप र कर्जा लगानी ६।६ अर्बले वृद्धि गरेको छ । बैंकले ६९ अर्बमा रहेको निक्षेपलाई ७५ पुर्याएको छ भने ६४ अर्बको कर्जा लगानीलाई ७० अर्ब पुर्याएको …

पुरा पढ्नुहॊस »

मिथिला लघुवित्तको ५०% हकप्रद सेयर खुल्यो, अब यस्तो हुनेछ पुँजी संरचना

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको बिहीबार (माघ १७ गते) देखि ५०% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । पुस ३० गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट कमलादी काठमाडौं तथा मिथिलाको केन्द्रीय कार्यालय धनुषा जनकपुर र यसका सम्पूर्ण …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले बढायो पाँच प्रतिशत नाफा

काठमाडाैँ । ८ अर्ब ५२ करोड २ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब १६ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ५ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ अर्ब १० करोड ५८ लाख ७७ हजार रुपैयाँ  रहेको थियोे । आम्दानी तथा खर्च …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैँकको सहयोगमा दृष्टिबिहीनलाई कम्प्युटर शिक्षा

काठमाडौँ । ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरेका हुन् । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यानइन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुंको पुस्तकालयलाई पुस्तकहरु …

पुरा पढ्नुहॊस »

प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क ३१ प्रतिशतले बढ्याे

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा ३०.९९ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष(आव)को पुस मसान्तमा ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ कमाएको हो । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ३६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत पुस मसान्तको तुलनामा ८ करोड २३ लाख रुपैयाँ बढी हो । …

पुरा पढ्नुहॊस »

नबिल बैंक र अजोडबीच बीमा सेवा सम्झौता

काठमाडौँ । नबिल बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट रिटेल व्यावसाय प्रमुख निरज शर्मा र अजोड इन्स्योरेन्स लि का तर्फवाट सहायक महाप्रबन्धक श्री महेश राज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र वन टु वाचबीच ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता

काठमाडौं । एनएमबि बैंक र वन टु वाचबीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङ अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् । वन टु वाचले लगानी अवसर …

पुरा पढ्नुहॊस »