आईएमई लाइफ इन्स्योरेन्सको शाखा बेनी र कुश्मामा

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ ।

सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरे । सो अवसरमा बोल्दै डा. अर्यालले न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको बताए ।

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साँढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ । सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस