प्रधानमन्त्री प्रचण्डलाई भेट्न विहानै बालुवाटार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उनीहरूबीचको भेटवार्तामा समसामयिक विषयवस्तुमाथि छलफल भएको छ ।

प्रचण्ड र ओलीबीच आइतबार पनि भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।

शनिबार ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ३ घण्टा लामो छलफल भएको थियो । उक्त छलफलपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । यही आशङ्काबीच प्रचण्ड र ओलीले निरन्तर भेट गरिरहेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्वाचन आयुक्तहरूले ७ दिनको तलव बाढी पीडितलाई सहयोग गर्ने

काठमाडौँ । निर्वाचन आयोगले बाढी पीडितलाई सहयोग गर्ने भएको छ । आयोगले एक विज्ञप्ति जारी …

प्रतिकृया दिनुहॊस

This will auto close after