टिच फर नेपाललाई सन्राइज बैंकको सहयोग

काठमाण्डौं । सन्राइज बैंक लिमिटेडले टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख आर्थिक सहयोग गरेको छ ।

शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने टिच फर नेपालको उद्देश्यलाई बैंकले सम्मान गर्दै सहयोग गरेको जनाएको छ ।

टिच फर नेपालले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्वविद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयंमसेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।

उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योति कुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस