एनआईसी एसियाले सुरु गर्‍यो मास्टरकार्ड, भारत र भुटानबाट पनि पैसा झिक्न मिल्ने

काठमाडौं । एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने भएको छ। सोही उद्देश्यका साथ बैंकले मास्टरकार्ड इस्युएन्स सेवा सञ्चालनमा ल्याएको हो।

आइतबार पोखरामा विशेष कार्यक्रमका साथ बैंकले कार्ड इस्युएन्स सेवाको शुभारम्भ गरेको जनाएको छ। डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सबै शाखा कार्यालयहरुबाट ग्राहकले पाउन सक्नेछन्।

बैंकका अनुसार यसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ। कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पस तथा ई–कमर्स भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ।

‘डिजिटल फर्स्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्‍याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ।

कार्ड बैंकिङ सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एसिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस